FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खामा संचालित ढाल्नेफेद टुकुरे खोला खानेपानी योजनाको उद्घाटन गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । ७० हजार लिटर क्षेमताको ट्याङ्की निर्माण गरि ८४ घर धुरिलाई मिटर सिस्टमद्वारा खानेपानी बितरण गरिएको छ । खानेपानीको मुहान कम र बढ्दो मागलाई मध्यनजर राखी यो प्रक्रिया अपनाइएको हो । जम्मा ४०,२८,४६८ लागतमा निर्मित उक्त ट्याङ्कीको लागि गा.पा. बाट आ.व. २०७४/७५ मा २० लाख र २०७५/७६ मा १२ लाख ५० हजार गरि जम्मा ३२ लाख ५० हजार र ७,७८,४६८ जन श्रमदान रहेको छ । यस ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री बलजीत राई हुन् ।

मिति: 06/16/2019 - 23:31
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित अन्तर मा.वि. छात्र /छात्रा प्रथम रास्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता मिति २०७६/०२/३१ गते देखि शुरु भइ आज मिति २०७६/०२/३२ गते समापन भएको छ । छात्र तर्फ १४ टिम र छात्रा तर्फ ११ टिम समाबेश थियो । पुरुष तर्फ : प्रथम : सरस्वती मा.वि. डाडाखर्क-१६,०००, ट्रफी र प्रमाणपत्र , द्वितीय : शान्ती निकेतन मिनाकर्ण मा.वि.सापातेल -१२,०००, ट्रफी र प्रमाणपत्र ,तृतीय : शान्ति मा.वि.टेम्मा-६,००० ,ट्रफी र प्रमाणपत्र , अनुशासित खेलाडी  : सरोज खत्री (शान्ति मा.वि.टेम्मा )-१,६०० र प्रमाणपत्र  , उत्कृष्ट खेलाडी : प्रज्वल बस्नेत ( शान्ति निकेतन मिनाकर्ण मा.वि.

मिति: 06/15/2019 - 22:14
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर आज मिति २०७६/०२/१८ गते समापन भइ काठमाडौंबाट पाल्नु भएको डाक्टर केदार नरसिंह के.सी.

मिति: 06/01/2019 - 21:35
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर,अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र बितरण, जिल्ला प्रशासन कार्यालयद्वारा नागरिकता प्रमाणपत्र वितरण र जिल्ला निर्वाचन कार्यालयद्वारा मतदाता नामावली दर्ता कार्यक्रमको पहिलो दिन २०७६/२/१७ गते नि:शुल्क स्वास्थ्य शिबिर अन्तर्गत : हाडजोर्नी तथा नशा : १०५ जना आखा : १३४जना ,बालरोग तथा जनरल फिजिसियन: १७६ जना ,गाइनो तथा स्त्रीरोग : ४८ जना दात : ६५ जना , नागरिकता : १२४ जना , मतदाता नामवली : ११० जना ,अपाङ्ग परिचयपत्र अन्तर्गत: क बर्ग: ५ जना महिला र १ जना पुरुष , ख बर्ग : ५ जना महिला र २जना पुरुष ,ग बर्ग : ४ जना महिला र २ जना

मिति: 05/31/2019 - 21:23
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेको बीचमा बग्ने साप्सु खोलाको ४० मिटर लम्बाई र ६ मिटर चौडाई भएको मोटरेबल पुलको सम्झौता मिति २०७६/०२/१७ गते सबैभन्दा कम कबोल अङ्क भएको सुर्य एन्ड सन्स प्रा.लि.

मिति: 05/31/2019 - 11:26
, , ,

दिप्रुङ चुईचुम्मा गाउपालिका-५ स छितापोखरीको पन्चमी बजारमा हिजो बेलुका भएको आगलागीबाट  डम्बर खड्काको घर पुर्ण रुपमा क्षति भएको छ र उक्त  घरमा भाडामा बस्दै आउनु भएको राम केश राईलाई ५० हजार र सामान्य रुपमा क्षति भएको रबिनारायण श्रेष्ठ लाई २० हजार आज दिनको १२ बजे गाउँपालिकाले राहत वितरण गरेको छ ।

मिति: 05/23/2019 - 23:40

प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६  दि.चु. गा.पा.-१ याम्खाका बिनोद राई हुनुभएको छ । उहाँले रु ६५ हजारका साथै एउटा गित रेकर्डिङ गर्ने अवसर प्राप्त गर्नु भएको छ । त्यस्तै द्वितीय दि.चु.गा.पा.-७ टेम्म्माका दिलिप राईले रु ३० हजार  र तृतीय दि.चु. गा.पा.-२ ओख्रेका रमेश खड्काले रु १५ हजार  प्राप्त गर्नु  भएको छ । बिशेष अतिथिमा बरिस्ठ गायक तथा संगीतकार शम्भु राई र निर्णायकमा गायक  रुपकुमार राई ,रोशन राई ,कन्काइस्ट राई, कला राई र निस्चल राई रहनु भएको थियो ।

मिति: 05/23/2019 - 23:37
,

नमस्कार,
आदरणिय दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरु ।
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा न.२ को स्वास्थ चौकी ओख्रे डाडागाउमा खोटाङ सेवा समाज UK द्वारा प्रदान गरिएको  एम्बुलेन्स यस गाउँपालिकाको मातहातबाट संचालन हुने जानकारी गराउदै 
 यहाँहरु जो कोहि लाई जुनसुकै बेला एम्बुलेन्स चाहिएमा तत्काल तल दिइएको न. मा फोन गरेर सेवा लिनको लागि जानकारी गराइन्छ ।
सम्पर्क न. 
एम्बुलेन्स चालक: ९८२४७८५२१(भुवन बस्नेत)
सम्पर्क गा.पा कर्मचारी : ९८२५७९१८४८

मिति: 05/16/2019 - 20:32
,

"हामी दिप्रुङ चुइचुम्माली ल्याउछौँ समृद्धि अनि खुसी " भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ दिने (२०७६/०१/२९ देखि २०७६/०१/३१)   आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी समापन भएको छ । उक्त गोष्ठीमा प्रदेश संसद माननीय श्री रामकुमार राई(पासाङ ) द्वारा योजना तर्जुमा कार्य सफलताको शुभकामना प्रदान गर्नु भयो ।

मिति: 05/14/2019 - 20:55
, ,

Pages