FAQs Complain Problems

ग्यालरी

मिति २०७६/०७/०५ गते  दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेमा  7औ  बर्थिङ सेन्टरको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युबाट भएको छ । यो सङगै  गाउँपालिकाको सबै वडामा रहेको स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर स्थापना गरी नागरिकहरुलाई सेवा दिने कार्यले पूर्णता पाएको छ |

बिस्तृत जानकारीको लागि

मिति: 10/22/2019 - 17:53

आ.व. २०७६/७७ को गाउँ सभाबाट बिनियोजित रु ५ लाख बजेटबाट गाउँपालिकाका ७ वटै वडाहरुमा दलितसङग सहकारी कार्यक्रम सन्चालन हुने भएको छ । जस अनुसार दलित समुदायको आर्थिक स्थिति अभिबृदिका लागि गाउँपालिकाको बीउ पुजि रु ५ लाखमा ७ वटै वडामा १/१ वटा दलितसङग सहकारी संस्था रहने छ । मिति २०७६/०६/१० गते सहकारी संस्था गठन, सन्चालन सम्बन्धि १ दिने अभिमुखिकण कार्यक्रम हुँदै

मिति: 09/27/2019 - 15:22
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ६ छितापोखरीमा मिति २०७६/०५/२५ गते वडा अध्यक्ष श्री मिलन राई ज्युको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख अतिथ्यता र स्थानीय जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलको रोहवरमा गाउँपालिकाको छैठौ बर्थिङ सेन्टर उद्घाटन भएको छ । बर्थिङ सेन्टरको लागि आवश्यक सामान रु २ लाख पचास हजार बराबरमा खरिद गरि छितापोखरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालन गरिएको हो । ७औ बर्थिङ सेन्टर(बतासे स्वास्थ्य चौकीमा ) को उद्घाटन केही दिनमा हुने जानकारी गराइन्छ ।

मिति: 09/12/2019 - 07:57
, , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा ४० औ शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ भब्यताका साथ सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा महेन्द्रोदय मा.वि. ओख्रे-प्रथम(नगद पुरस्कार रु १२,००० र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि. याम्खा द्वितीय(नगद पुरस्कार रु १०,००० र प्रमाणपत्र ), शान्ति मा.वि. छोरम्बु तृतीय(नगद पुरस्कार रु ८,००० र प्रमाणपत्र ) स्थान त्यसै गरि निबन्ध प्रतियोगितामा महेन्द्रोदय मा.वि ओख्रेकि समिता पौडेल प्रथम( नगद पुरस्कार रु ३,३३४ र प्रमाणपत्र ), श्री धिप्लुङ मा.वि. धिप्लुङका विशेषता राई द्वितीय(नगद पुरस्कार रु २,६६६ र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि.

मिति: 09/09/2019 - 19:48
, , , , , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बाढी पहिरोको कारण घरबार बिहिन बन्न पुगेको ६ घर परिवारलाई गाउँपालिका अध्यक्ष र गाउँपालिका कर्मचारी टोलि स्थलगत अनुगमन गरि क्षतीको आधारमा आर्थिक सहयोग गरेको छ ।

मिति: 07/16/2019 - 18:44
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको  छ । यस गाउँसभाले आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रम, आर्थिक ऐन, बिनियोजन ऐन , रु ४१ करोड ५५ लाख २३ हजार बराबरको कुल बजेट  र न्यायीक  समितिले उजुरिको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित गरेको जानकारी गराइन्छ ।

मिति: 06/30/2019 - 23:27

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभामा कुल रु  ४१ करोड ५५ लाख २३ हजार बराबरको बजेट प्रस्तुत गरियो । 
बिस्तृत जानकारीको लागि 
https://khotangtoday.com/archives/8504#.XRJARZSkz5J.facebook

http://bisalchautari.com/khotang-news-diprung-chuichumma-gaupalika-2/

http://www.prabhavnews.com/2019/06/11378/

मिति: 06/25/2019 - 18:52
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ छोरम्बुको बर्थिङ सेन्टर उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष(स्थानीय सरकार प्रमुख ) श्री भुपेन्द्र राई ज्यु । यो बर्थीङ सेन्टर गाउँपालिकाको ५ औ बर्थिङ सेन्टर हो जहा ६ जना कर्मचारीको दरबन्दी रहेको छ  । अब २ वटा वडा बतासे र छितापोखरीमा पनि केही दिनमा बर्थिङ सेन्टरको  उद्घाटन हुनेछ ।
For more details
http://www.samayojankhabar.com/2019/06/19/17177/

मिति: 06/19/2019 - 20:59
,

दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मामा बर्थिङ सेन्टर उद्घाटन(मिति : २०७६/०३/०२) गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । गाउँपालिकाले २ लाख ५० हजार बराबरको डेलिभरी बेड, सक्सन मसिन, पेरि लाइट, अटो क्लेभ , तौल मसिन, गम्बु ब्याग लगायत अन्य विभिन्न सामाग्री खरिद गरि बर्थिङ सेन्टर संचालन ल्याएको हो । हालको पुरानो ५ कोठे स्वास्थ्य चौकीको भवनमा १ कोठा बर्थिङ सेन्टर,१कोठा तालिम हल,१कोठा प्रशासन, १ कोठा मातृसेवा परिवार नियोजन खोप ओ.पि.डि. र १ कोठा स्टोर रहेको छ । नयाँ भवन भने निर्माणाधीन अवस्थामा छ ।
For more details 

मिति: 06/17/2019 - 23:33
, , ,

Pages