FAQs Complain Problems

ग्यालरी

कक्षा १ देखी ९ सम्मको वार्षिक तथा कक्षा ५ र ८ को गाउँपालिका स्तरीय वार्सिक परीक्षा मिति २०७६ फागुन २७ गतेबाट संचालन हुने भएकोले ४८ ओटै बिद्यालयका प्रधानाध्यापक ज्युहरुले प्रश्न पत्र गाउँपालिकाबाट बुझ्ने क्रममा परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष र प्रधानाध्यापक ज्युहरुलाई निर्देशन दिनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्राध्यक्ष र सम्पुर्ण प्रधानाध्यापक ज्युहरुलाई परीक्षा मर्यादित बनाउन आग्रह गर्दै कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछ ।

मिति: 03/09/2020 - 22:16
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तेस्रो दिन मिति २०७६ फागुन २६ गते महिला तर्फ भएको खेलमा : पहिलो चरणको निरन्तरता खेलमा (१) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगाvs साकेला गा.पा.=मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा । सेमिफाइनल महिला तर्फ (१) दि.चु.गा.पा.-१, याम्खा vs ऐसेलुखर्क गा.पा.=दि.चु.गा.पा.-१, याम्खा(बिजेता- फाइनल चरण प्रवेश ) (२) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा vs उदयपुर स्पोर्ट्स क्लब =मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा( बिजेता-फाइनल चरण प्रवेश ) । महिला तर्फ फाइनलका लागी- दि.चु.

मिति: 03/09/2020 - 19:37
,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन मिति २०७६ फागुन २५ गते पहिलो चरणको पुरुष तर्फ ८ खेल र महिला तर्फ २ खेल भएको छ । पुरुष तर्फ १६ टिम र महिला तर्फ ७ टिम रहेको छ । पुरुष तर्फ भएको खेलमा : (१) दि.चु.गा.पा.-२ र दि.चु.गा.पा.-५c (बिजेता) (२) दि.चु.गा.पा.-३(अनुपस्थित) र दि.चु.गा.पा.-६(बिजेता) (३) बेलका न.पा. रामपुर, उदयपुर(बिजेता) र दि.चु.गा.पा.-१, याम्खा (४) दि.चु.गा.पा.-५A(बिजेता) र साकेला गा.पा.

मिति: 03/08/2020 - 20:31
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७५/०७६ को लेखापरीक्षणको क्रममा महालेखापरिक्षक कार्यालयबाट पाल्नु भएको टोलि यस गाउँपालिकाको योजना तथा बिद्यालयहरुको स्थलगत निरीक्षण गर्नु हुँदै । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण गर्ने कार्य सफल रूपमा सम्पन्न भएको कुरा सम्पुर्ण गाउँपालिकावासी आमा,बुवा,दिदि बहिनी,दाजुभाई तथा अन्य सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।

मिति: 03/08/2020 - 16:46
, , , , , , ,

" खेल खेलौ स्वस्थ्य रहौँं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत मिति २०७६ साल फागुण २४ गते (आज) बाट खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता शुरु भएको छ । पुरुष तर्फ १६ टिम र महिला तर्फ ७ टिम रहेको छ ।

मिति: 03/07/2020 - 19:28
, , , , , ,

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा निर्मित आवधिक गाउँ विकास योजना,पार्श्व चित्र र राजस्व सुधार सम्बन्धि कार्ययोजना दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र उपाध्यक्ष श्री सपना राई ज्युलाई हस्तान्तरण गर्नु हुदै हेल्भेटास नेपालका प्रतिनिधि श्री बद्री मानन्धर ज्यु । दिप्रुङ चुइचुम्मा गाउँपालिका हेल्भेटास नेपालप्रती हार्दिक आभार प्रकट गर्दछ ।

मिति: 02/28/2020 - 15:51
, , , , , , , ,

दिप्रुङ चुइचुमा गाउँपालिकाको रु ४ ,५०,०००।- अनुदान सहयोग र दिप्रुङ चुइचुम्मा सप्लायर्सको सयुक्त लगानीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ नारांगामा निर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु को प्रमुख आतिथ्यतामा मिति २०७६/११/१५ गते सम्पन्न भएको छ । भण्डारण क्षमता बढी भएका कृषि उपजहरु ( जस्तै मास,बोडी ,भटमास ,आलु ,अलैची, बेसर ,अदुवा ,सुन्तला ,कागती ,मह ,अम्लिसो ,स्याउ ,किवी ,गुन्द्रुक ,सिन्की , खुर्सानी ,प्याज ,फर्सी ,काक्रा ,आप ,लिची ,आरु ,नासपाती आदि इत्यादि ) यस संकलन केन्द्रमा लगेर कृषिकहरुले आफुले उत्पादन गरेका कृषि वस्तुहरु बिक्रि वितरण गर्न सक्नुह

मिति: 02/27/2020 - 16:05
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६ सालको वार्षिक परीक्षा तथा कक्षा ८ काे पालिका स्तरीय परीक्षाका विषयमा छलफल गर्न तथा यस गाउँपालिकाद्वारा आ.व.

मिति: 02/20/2020 - 17:50
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६/०७७ को गाउँसभाबाट रु ३० लाख रकम बिनियोजन गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ भण्डारेघाटमा खानेपानी तथा सिंचाइको लागी सुनकोशी नदीबाट पानी लिफ्टिङ गर्न पुर्वाधार निर्माणको काम शुरूवात गरेको छ । यहि आर्थिक वर्षमा सम्पन्न हुनेगरी निर्माण हुन लागेको ४० हजार लिटर क्षमताको आर.सी.सी. ट्याङ्कीबाट ६० घरधुरी लाभान्वित हुनेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस |

मिति: 01/27/2020 - 18:16
, , , ,

Pages