आज मिति २०७९/०३/०९ गते दोस्रो गाउँसभाको पहिलो अधिवेशन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको सभाध्यक्षता सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर ज्यूले पेश गर्नु भएको गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक निति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सभाबाट सर्वसहमत पारित भएको छ ।
आज मिति २०७९/०३/०१ गतेका दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयको आयोजनामा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पुर्व नगर प्रमुख श्री दिप नारायण रिजाल ज्यूको प्रमुख आतिथ्यता तथा सहजीकरणमा यस गाउँपालिकाको कार्यपालिका सदस्य ज्यूहरुलाई नीति तथा कार्यक्रम , बजेट निर्माण लगायत विषयगत समिती गठन तथा समितिको कार्य जिम्मेवारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सन्चालन गरियो ।