समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यतर्फ ९४६ जना, अपाङ्ग परिचयपत्र ५७ जना,जेष्ठ नागरिक परिचयपत्र : ४० जना,नागरिकता:नयाँ २८८ वटा र २२ वटा प्रतिलिपी साथै २३० वटा मतदाता नामावली दर्ता
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर आज मिति २०७६/०२/१८ गते समापन भइ काठमाडौंबाट पाल्नु भएको डाक्टर केदार नरसिंह के.सी. ज्युको टोलिलाई बिदाइ गर्दै गरेको केही तस्बिरहरु । उहाँको टोलिले हाडजोर्नी तथा नशा : १९१ जना, आखा : २११ जना, बालरोग तथा जनरल फिजिसियन: ३४२ जना ,गाइनो तथा स्त्रीरोग : ८१ जना, दात : १२१ जनालाई सेवा पुर्याउनु भएको थियो । त्यस्तै अपाङ्ग परिचयपत्र अन्तर्गत: क बर्ग: ७ जना महिला र १ जना पुरुष , ख बर्ग : १० जना महिला र ८ जना पुरुष ,ग बर्ग : ८ जना महिला र ७ जना पुरुष , घ बर्ग : ४ जना महिला र १२ जना पुरुष र जेष्ठ नागरिक परिचयपत्र : ४० जनाले लिएका छन् । जिल्ला प्रशासन कार्यालयको घुम्ती शिबिरद्वारा २८८ वटा नया तथा २२ वटा प्रतिलिपी र जिल्ला निर्वाचन कार्यालयद्वारा २३० वटा मतदाता नामावली दर्ता भइ सकेको छ साथै नागरिकता प्रमाणपत्र र मतदाता नामावली शिबिर भोलिसम्म हुने जानकारी गराइन्छ । https://www.samayojankhabar.com/2019/06/01/16762/