FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

थोक तथा किराना पसल दर्ता गाउँपालिकाको कार्यालयमा  गरिन्छ ।

आवश्यक कागजातहरू :-

१) सम्बन्धित वडाको सिफारिस

२) जग्गा धनीपुर्जा

३) २ प्रति फोटो 

आवश्यक शुल्क : रू १,०००।-

सामान्य सहकारी संस्थाहरू मात्र दर्ता गरेको र दर्ता शुल्क रू २,०००।-

योजना सम्झौता गर्न आवश्यक कागजातहरू :- सम्झौता माग निवेदन सम्बन्धित वडाको सिफारिस वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति ‍गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राविधिक लागत अनुमान

१) भूकम्पबाट क्षेतिग्रस्त निजी आवास भवन पुननिर्माणका लागि अनुदान सम्झौता पत्रको प्रतिलिपी

२) मृत्यु दर्ता

३) नाता प्रमाणित

४) सर्जीमिन मुचुल्का

५) सम्बन्धित वडाको सिफारिस

६) दुवै जानाको नागरिकताको प्रतिलिपी

नेपाल सरकारबाट मिति २०७५/०५/२१ मा स्वीकृत भई जारी गरिएको सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधि २०७५ अनुसार रु तीन लाख सम्मको निजि आवास निर्माण कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थामा भूकम्प पिडितहरुले निम्नानुसारको कागजात पेश गरेपछी एक्काइस दिन भित्रमा कर्जा प्राप्त गर्ने छन् | 

१) सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत रुपमा भरिएको कर्जा आवेदन फारम

२)  लाभग्राहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३) कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्व:घोषणा

४) निजी आवास पुन निर्माण अनुदानको सम्झौता पत्रको सम्बन्धित स्थानीय तहका प्रशासकीय अधिकृतबाट प्रमाणित प्रतिलिपी

५) भूकम्प पीडितले अनुदान सम्झौता गरेको वडा र सम्बन्धित स्थानीय तहबाट हालसम्म निजी आवास अनुदानको दोस्रो किस्ताका लागि निवेदन नदिएको व्यहोरा सम्बन्धित वडा सचिव  र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरिएको सिफारिस पत्र 

६) धितोका लागि आवश्यक लालपुर्जा लगायत  आवश्यक कागजात

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस।यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
  • समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति
  • उपभोक्ता समितिको नामको छाप 

 

उद्योग तथा व्यवसाय दर्ता गाउँपालिकाको कार्यालयमा गर्नुपर्छ |

  • पेश्की माग निवेदन
  • योजना सम्झौताको प्रतिलिपि
  • प्राविधिक स्टिमेट
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकताको प्रतिलिपि

 

१. गाउँपालिकाबाट गरिएको सम्झौताको सक्कल प्रति–१
२. गाउँपालिकाले प्रदान गरेको योजना स्टीमेटको सक्कल प्रति–१
३. ३ लाख भन्दा बढीको योजनाको होडिङ बोर्ड राखेको फोटो–१
४. कार्य सम्पन्न मूल्याङ्कन फारमको सक्कल प्रति–१
५. गाउँपालिकाबाट गरिएको अनुगमनको मूल्याङ्कन फारम सक्कल प्रति–१
६. कार्य सम्पन्न भएको भन्ने उपभोक्ता समितिले गरेको निर्णय–१
७. आम भेलाबाट कार्य सम्पन्न सहितको भेलाबाट योजनामा भएको खर्चको अनुमोदन–१
८. कार्यको लागि सामान खरिद गरिएको भए खरिद गरिएको सामानको भ्याट बिल र उक्त कम्पनीले अघिल्लो महिना सम्मको भ्याट चुक्ता गरेको प्रमाण–१
९. कामदारबाट काम लगाएको भए डोर हाजिर फारम भरी हाजिर प्रमाणित गरेको फारम–१
१०.योजनामा मेसिन प्रयोग गरेको भए भ्याट बिल र बिलको साथमा अघिल्लो महिना सम्मको करचुक्ता प्रमाण पत्र–१
११. वडा अध्यक्षबाट योजना सम्पन्न भएको र उक्त योजनाको भुक्तानी दिनु हुन भन्ने व्यहोराको किटानी सिफारिस–१
१२. योजना फरफारक गरी भुक्तानी पाऊ भन्ने व्यहोराको उपभोक्ता समितिको निवेदन