समाचार
साप्सु खोला पुलको सम्झौता सम्पन्न
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेको बीचमा बग्ने साप्सु खोलाको ४० मिटर लम्बाई र ६ मिटर चौडाई भएको मोटरेबल पुलको सम्झौता मिति २०७६/०२/१७ गते सबैभन्दा कम कबोल अङ्क भएको सुर्य एन्ड सन्स प्रा.लि. धरान, सुनसरीसङग भएको छ । उक्त पुलको टेन्डर इ-बिडिङबाट मिति २०७५/११/१२ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरि गरिएको थियो । www.bolpatra.gov.np/egp बाट single stage two envelope procedure प्रक्रियाबाट छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको थियो । उक्त पुलमा LRBP को प्राविधिक सहयोग रहेको छ ।