FAQs Complain Problems

ग्यालरी

बिस्तृत बिबरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस |

१.http://ehimalayatimes.com/epapers#page/3

२.https://nagariknews.nagariknetwork.com/news/113513/?fbclid=IwAR1me4G9rQaCKvP76p7dhV5qSi0hQ1rPXMWXKariZMF7TVbaV34tNCOYFhE#/.XigRuv0kaFA.facebook

मिति: 01/22/2020 - 23:23
, , ,

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ .व. २०७५/०७६ को वार्सिक तथा आ.व. २०७६/०७७ को अर्धबार्सिक(पौष मसान्तसम्म) कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

बिस्तृत विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस |

१.  https://www.prabhavnews.com/2020/01/15520/?fbclid=IwAR1d8Kv1myEWPBWZNg7l5NZNp_hHuAvmzIzeRZ9pF5Zg1mpx4QMehmlytxU

मिति: 01/22/2020 - 18:33
, , , , , ,

आ.ब. २०७५/०७६ को "एक घर एक फलफुल रुख बिरुवा" कार्यक्रम अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गा.पा. को उच्च भेगमा(लेक साइड )१६००  जापानी नास्पतीको बिरुवा बितरण गरेको छ । छितापोखरी : ५००, स.छितापोखरी: ४२५, डाडागाउँ :२९९, टेम्मा: २७५ र याम्खा: १०१

मिति: 01/13/2020 - 17:36
, , , ,

"अग्नी पीडितलाई गाउँपालिकाद्वारा तत्काल आर्थिक सहयोग" । दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ वातिखुम स्थित दान बहादुर राईको घरमा मिति २०७६ पौष २० गते बिहान आगलागी भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र गाउँपालिका कर्मचारी घटनास्थल तर्फ लागि
रु २५ हजार आर्थिक सहयोग गरेको हो ।

मिति: 01/05/2020 - 14:18
, , , , ,

तिमि म नेपालले तिनकन्या प्रा.वि. याङसोलाटारको प्राङ्गनमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आतिथ्यतामा यस गाउँपालिका अन्तरगतका ४ ओटा बिद्यालयहरु श्री महेन्द्रोदय मा.वि. ओख्रे, जानविकास आ.वि. नारंगा, याङसोला मा.वि. याङसोला र सरस्वती मा.वि. कुलागाउँका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाइ उपहार स्वरूप् जापानी झोला वितरण तथा तिनकन्या प्रा.वि. लाइ प्रोजेक्टर प्रदान गरेको छ | गाउँपालिका यस संस्थाका संचालक दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ निवासी (हाल जापानमा अध्यायनरत ) श्री सरद राई ज्यु प्रति हार्दिक धन्यवाद प्रकट गर्दछ |

मिति: 12/29/2019 - 18:51
, ,

कृषि ज्ञान केन्द्र खोटाङ दिक्तेलको आयोजना र गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आतिथ्यतामा मिति २०७६ पौष १३ गते एक दिने बाली उपचार शिबिर दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खामा संचालन भएको छ | जसमा ५२ ओटा तरकारी,फलफूल, खाद्यन्न बालि तथा नगदेबालिको नमुना परिक्षण गरिएको छ |

मिति: 12/29/2019 - 18:31
, , , , ,

आ.व.२०७६/०७७ मा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु १ लाख आर्थिक सहयोग र कृषक गणेश थापाको रु २० हजार गरी जम्मा रु १ लाख २० हजार लगानीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर-२ स्थित अलैंची नर्सरी श्रोत केन्द्रको स्थापना भएको छ ।

मिति: 12/17/2019 - 21:06
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका भित्रका सबै(१४ ओटा) मा.वि. मा इ-हाजिरी कार्यान्वयनमा ल्याएको छ । आ.व. २०७६/७७ मा गाउँसभाले रु १० लाख रकम बिनियोजन गरी १४ ओटा मा.वि. मा इ-हाजिरी र यसलाई प्रभावकारी रूपमा ल्याउन सोलार पावर नभएको १० ओटा मा.वि. मा सोलार र इन्भर्टरको समेत ब्यबस्था गरिएको छ । अवदेखी शिक्षकको तलब इ-हाजिरीको आधारमा निकासा गरिनेछ ।

मिति: 12/17/2019 - 13:27
, , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्युको अध्यक्षतामा गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाको अ.न.मी.हरुसङग स्कुल नर्स कार्यक्रम र बर्थिङ सेन्टर संचालन सम्बन्धि  बृहत छलफल भएको छ | 

मिति: 12/08/2019 - 18:05
, , , ,

Pages