सन्सार भरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७९ सालको यस दिप्रुङ चुइचुम्मा गाउँपालिका समष्त परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिका द्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७८, मिति २०७८ चैत्र २२ देखि २४ गते सम्म सञ्चालन गरिएकोे प्रतियोगितात्मक खेलमा पुरूष तर्फ पाथिभरा टाइगर्स भलिबल क्लब, झापा ले प्रथम स्थान हासिल गर्दै शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५०,०००(कर सहित) बाट पुरस्कृत भएको छ। त्यस्तै गरि क्रमशः नेपाल तरुण दल दिप्रुङ चुइचुम्मा गा. पा. ले द्वितीय स्थान हासिल गर्दै शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु ८०,०००(कर सहित), प्रदेश नं.
आज मिति २०७८/१२/२२ गते गाउँपालिकाद्वारा आयोजित खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७८ गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू को प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको विशेष आतिथ्यतामा उद्घाटन गरिएको छ । दि. चु गा. पा. वडा नं.
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.
दिप्रुङ चुइचुम्मा गाउँपालिका द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ को मिति २०७८/१२/०३ देखि २०७८/१२/०५ सम्म सञ्चालन गरिएकोे खेलमा प्रथम श्रेणी मिनाकर्ण मा. वि. सापातेल, द्धितिय सरस्वति मा. वि. डाँडाखर्क र तृतिय श्रेणीमा कृष्ण मा. वि. टेम्मा पर्न सफल भएको छ । जसमा पहिलो हुने टिम मिनाकर्ण मा. वि. सापातेलले ५ स्वर्ण, ५ वटा रजक र २ वटा कांस्य पदक गरि जम्मा १२ वटा पदक ल्याउन सफल भएको छ । त्यस्तै गरि द्धितिय श्रेणी सरस्वति मा. वि. डाँडाखर्कले ३ वटा स्वर्ण पदक, ४ वटा रजक पदक र १ वटा कांस्य पदक गरि जम्मा ८ वटा पदक हात पार्न सफल हुनु भएको छ । कृष्ण मा. वि.
राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मिति २०७८/१२/०३ गते देखि शुरु भएको हो ।
सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तरास्ट्रिय महिला दिवस मा विभिन्न प्रतियोगितात्मक र सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सम्मानित व्याक्तित्व हरुमा
उत्कृष्ट स्वयंसेविकाहरु
वडा नं. १ बाट श्रीलक्ष्मी राई
वडा नं.२ बाट बाल कुमारी सिग्देल
वडा नं. ३ बाट दिल कुमारी तामाङ
वडा नं. ४ बाट लाल माया राई
वडा नं. ५ बाट कोपिला थापा
वडा नं. ६ बाट कल्पना राई
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपालको सहजीकरणमा सविधान २०७२ को धारा २१७ ले परिकल्पना गरेको र स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ को उपादफा (२) बमोजिमको क्षेत्र अधिकार भित्र रहेर समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम २०७८/११/१७ गतेबाट सुरु गरिएको आज मिति २०७८/११/२४ गते सप्पन्न भएको छ |