FAQs Complain Problems

ग्यालरी

सङ्घीयतालाई सफल बनाउनको लागि निरन्तर रूपले सहयोग गर्दै आएको हेल्भेटास नेपालले यस गाउँपालिकालाई पनि प्राथमिकतामा राखी विभिन्न क्षेत्रमा सहयोग गर्दैआएकोमा थप लगानीको लागि कन्ट्री डाइरेक्टर श्री भरत पोखरेल ज्यू सँग गाउँपालिका अध्यक्ष ज्यू लगायत पदाधिकारी र कर्मचारीहरू विभिन्न योजनाका बारेमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 01/31/2021 - 20:13
, , ,

आज मिति २०७७ साल माघ १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ स्थित श्री सिंहदेवी प्रा.वि. चारकिल्लाका ११ जना(फरक क्षमता भएको-१ जना, दलित-१०), श्री साक्षरता प्रा.वि. ओखरबोटेका ७ जना(फरक क्षमता भएको‍-१ जना, दलित-६ जना), श्री जन समूह प्रा.वि. पिपलडाँडाका ७ जना(फरक क्षमता भएको ० जना, दलित ८ जना), श्री समाजसेवा प्रा.वि. नालिका ८ जना(फरक क्षमता भएको-० जना, दलित-१४जना), श्री साप्सु निकेतन प्रा.वि.

मिति: 01/29/2021 - 21:35
, , , , , , , , , , , ,

आज मिति २०७७ साल माघ १४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खाका ३९ जना(फरक क्षमता भएको-२ जना, दलित-३७), श्री महेन्द्रोदय आ.वि. लिलिमाका २३ जना(फरक क्षमता भएको‍-० जना, दलित-२३ जना) र श्री जनता प्रा.वि. वार्लाङका १४ जना(फरक क्षमता भएको-० जना, दलित-१४जना), सावित्रा प्रा.वि. जोगिटारका १ जना(दलित), सेती देवी प्रा.वि. मोहरियाका ८ जना दलित, साप्सु निकेतन प्रा.वि.

मिति: 01/29/2021 - 21:25
, , , , , , , , ,

आज मिति २०७७ साल माघ ६ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ स्थित श्री जनता मा.वि. बतासेका ७० जना(फरक क्षमता भएको-१ जना, दलित-६९), श्री राम्चे निकेतन निकेतन मा.वि. ईजारा बतासेका २९ जना(फरक क्षमता भएको‍-१ जना, दलित-२८ जना), श्री पञ्चकौशिका मा.वि. भन्डारेघाटका ५ जना(फरक क्षमता भएको-१ जना, दलित-४जना), श्री महेन्द्रतारा आ.वि. मुलाबारीका १५ जना(फरक क्षमता भएको‍-८जना, दलित-७ जना), श्री सहकला प्रा.वि.

मिति: 01/19/2021 - 19:44
, , , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट आउनु भएको लेखापरीक्षण टोलि गाउँपालिका कार्यालयमा मिति २०७७/०९/२५ गते आइपुग्नु भएको छ । यस गाउँपालिकाको लेखापरीक्षण भोलि मिति २०७७/०९/२६ गते देखि शुरू हुने जानकारी गराइन्छ ।

मिति: 01/09/2021 - 19:39
, , , ,

आज २०७७ साल पौष १२ गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्युको अध्यक्षतामा महिला कार्यपालिका सदस्य र गाउँपालिका स्तरीय महिला विकास समन्वय समिति बिच गत आ.व. २०७६/०७७ मा संचालन भएको पालिकासंग महिला कार्यक्रमको वार्षिक समिक्षा तथा यस आ.व. मा संचालन हुने कार्यक्रमको बारेमा छलफल सम्पन्न भएको छ ।

मिति: 12/27/2020 - 18:27
, ,

सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम आज मिति २०७७ साल पौष १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक बीच बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक दिप्रुङ शाखा ओख्रेको आपसी समझदारीमा बैंकको कर्मचारी टोली मिति २०७७/०९/१८ गते १, ४, ५ र ७ नम्बर वडा कार्यालय तथा २०७७/०९/ २५ गते ३ र ६ नम्बर वडा कार्यालयमा गई सम्पूर्ण लाभग्राहीहरूको बैंक खाता खोल्ने कार्य रहेको जानकारी गराइन्छ ।

मिति: 12/25/2020 - 16:24
, ,

आज मिति २०७७ साल पौष ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ स्थित स.छितापोखरी स्वास्थ्य चौकीको उद्घाटन तथा वर्थिङ सेन्टर भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यस अघि उप-स्वास्थ्य चौकीको रूपमा रहेको स्वास्थ्य चौकीलाई मिति २०७७ साल असोज ६ गते वसेको कार्यपालिका बैठकले उप-स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नती गरेको थियो । स्वास्थ्य चौकीको उद्घाटन यस कार्यक्रमका प्रमुख अतिथि तथा गा.पा. अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले र वर्थिङ सेन्टर भवनको उद्घाटन विशेष अतिथी तथा गा.पा.

मिति: 12/22/2020 - 20:45
, , , , , , , , ,

Pages