समाचार
दलित तथा फरक क्षमता भएका विद्यार्थीलाई पुस्तक बोक्ने झोला र महिला विद्यार्थीलाई भलिवल वितरण कार्यक्रम अन्तर्गत वडा नं. १
आज मिति २०७७ साल माघ १४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खाका ३९ जना(फरक क्षमता भएको-२ जना, दलित-३७), श्री महेन्द्रोदय आ.वि. लिलिमाका २३ जना(फरक क्षमता भएको-० जना, दलित-२३ जना) र श्री जनता प्रा.वि. वार्लाङका १४ जना(फरक क्षमता भएको-० जना, दलित-१४जना), सावित्रा प्रा.वि. जोगिटारका १ जना(दलित), सेती देवी प्रा.वि. मोहरियाका ८ जना दलित, साप्सु निकेतन प्रा.वि. खाँमडाँडाका ३ जना दलित गरी जम्मा ८९ जना फरक क्षमता भएका तथा दलित विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला र ३ वटा मा.वि. क्रमश:श्री महेन्द्रोदय मा.वि. याम्खा,श्री महेन्द्रोदय आ.वि. लिलिमा र देवी आ.वि. खमारेका महिला विद्यार्थीहरूलाई १ थान भलिबल, नेट र पम्प वितरण गरिएको छ । उक्त झोला यस कार्यक्रमका प्रमूख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, वडा नं. १ का वडाध्यक्ष श्री सम्शेर बहादुर कार्की ज्यू, वडा सदस्य श्री शान्तामाया मुग्राति ज्यू, शिक्षा शाखा संयोजक श्री मनिकुमार गिरी ज्यू, सम्बन्धित विद्यालयका वि.व्य.स. अध्यक्ष ज्यूहरू, सि.अ. सँघ अध्यक्ष ज्यूहरू, प्र.अ. ज्यूहरू र स्थानिय समाजसेवी ज्यूहरू तथा पालिका स्तरीय महिला समन्वय समितिका अध्यक्ष श्री उद्धव कुमारी राई ज्यू, सदस्य श्री शान्ता राई ज्यू लगायतले वितरण गर्नु भएको थियो । श्री देवी आ.वि. खमारेमा फरक क्षमता तथा दलित विद्यार्थी नरहेको सम्बन्धित विद्यालयका प्र.अ.ले जानकारी गराउनु भएको छ ।