FAQs Complain Problems

ग्यालरी

मिति २०७८/०२/०७ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कोभिड १९ संक्रमण तथा नियन्त्रण कार्यदल बैठकको निर्णय अनुसार आज मिति २०७८/०२/०९ गते गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले कोभिड १९ स‌क्रमण संकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ को ज्यामिरेमा २५ जना मध्ये १२ जना र वडा नं.

मिति: 05/23/2021 - 15:54
, , , , , , ,

आज मिति २०७८/०२/०४ गते काठमाडौबाट पि.सि. आर. नगरी अनाधिकृत रूपमा ८ जना ब्यक्तिहरु लिएर आएको गाडी गाउँपालिकाले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यदलको मिति २०७८/०१/२२ गतेको बैठकले जिल्ला बाहिरबाट यस गाउँपालिका भित्रीने नागरिकहरुले ७२ घन्टा भित्रको पि.सि.आर. नेगेटिभ रिपोर्ट अनिवार्य रूपमा गाउँपालिकामा पेश गर्ने भन्ने निर्णय गरेको थियोे । सो निर्णय विपरीत गाउँपालिकाको सिफारिस बिन आएको गाडिको ब्लु बुक र चावी गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।

मिति: 05/18/2021 - 17:47
, ,

साप्सु खोला बाटोफेदी मोटरेवल पुलको  बिम तथा स्ल्याब ढलान कार्य मिति २०७८/०१/१७ गते सम्पन्न भएको छ । उक्त पुलको ढलान कार्य मिति २०७८ साल बैशाख १२ गते देखि शुरू भएको थियो ।

मिति: 05/01/2021 - 17:55
, , , , , ,

आज मिति २०७८ साल बैशाख ३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ऐ गाउँपालिका वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खालाई राहत स्वरूप रु २५ हजार रकम प्रदान गरेको छ । २०७७ साल चैत्र १७ गतेको हावाहुरीले उक्त विद्यालयको छानाको जस्ता उडाई नष्ट गरेको थियो । राहत रकम गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले विद्यालयको प्रधानाध्यापक श्री विष्णु बहादुर कार्की ज्यूलाई हस्तान्तरण गर्नु भएको छ ।

मिति: 04/16/2021 - 14:53
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा मौरीपालन सम्बन्धि विषयविज्ञबाट २ दिने तालिम आज मिति २०७७ साल चैत्र २९ देखि शुरू भएको छ । कृषि शाखा संयोजक श्री सरगम बुढाथोकीको अध्यक्षतमा संचालित उक्त तालिममा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू विशेष अतिथि, वडाध्यक्षहरू श्री ईन्द्र बहादुर बस्नेत ज्यू, श्री लोकेन्द्र राई ज्यू, श्री पूर्ण बहादुर खड्का ज्यू लगायत वडा सदस्य श्री अमृत गिरी ज्यू अतिथिको रूपमा रहनु भएको थियो । मौरीपालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाई आधुनिक घारको प्रयोगमा वृद्धि गरी

मिति: 04/11/2021 - 18:27
, , ,

आज मिति २०७७ साल चैत्र २८ गते शनिवारको दिन P.N.C घर भेट सम्बन्धी १ दिने स्वास्थ्य संस्था स्तरीय अभिमुखिकरण कार्यक्रम स्वास्थ्य शाखा संयोजक श्री मुस्ताक अहमद मन्सुरी ज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यूको विशिष आतिथ्यतामा मा सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाका अ.न.मी.हरूलाई स्वास्थ्य शाखा प्रमुख श्री मुस्ताक अहमद मन्सुरी र स्वास्थ्य चौकी स.छितापोखरीमा कार्यरत सि.अ.न.मी. श्री चन्द्रमाया राई ज्यूले प्रशिक्षण गर्नु भ‍एको छ ।

मिति: 04/10/2021 - 16:05
, , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज मिति २०७७ साल चैत्र २२ गते ऐ गाउँपालिका वडा नं. २ खुतुम्बु निवासी श्री नैन बहादुर विश्वकर्मालाई रू ३५ हजार र ऐ गाउँपालिका वडा नंं. १ निवासी श्री अर्जुन भुजेललाई रू २० हजार राहत स्वरूप नगद प्रदान गरेको छ । मिति २०७७/१२/२१ गते बनमा लागेको डढेलोमा परी नैन बहादुरको घर, मतान र कटेरो जलि नष्ट भएको थियो भने मिति २०७७/१२/१७ गतेको हावाहुरीले अर्जुन भुजेलको घरको छाना पुरै उढाई क्षती गरेको थियो । राहत रकम गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले घटनास्थल मै पुगि सम्बन्धित वडाका जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।

मिति: 04/05/2021 - 09:32
, , , , , ,

Pages