समाचार
दलित तथा फरक क्षमता भएका विद्यार्थीलाई पुस्तक बोक्ने झोला र महिला विद्यार्थीलाई भलिवल वितरण कार्यक्रम अन्तर्गत वडा नं. ४
आज मिति २०७७ साल माघ ६ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ स्थित श्री जनता मा.वि. बतासेका ७० जना(फरक क्षमता भएको-१ जना, दलित-६९), श्री राम्चे निकेतन निकेतन मा.वि. ईजारा बतासेका २९ जना(फरक क्षमता भएको-१ जना, दलित-२८ जना), श्री पञ्चकौशिका मा.वि. भन्डारेघाटका ५ जना(फरक क्षमता भएको-१ जना, दलित-४जना), श्री महेन्द्रतारा आ.वि. मुलाबारीका १५ जना(फरक क्षमता भएको-८जना, दलित-७ जना), श्री सहकला प्रा.वि. वालिङ्खाका ६ जना(फरक क्षमता भएको-०, दलित-६) गरी जम्मा १२५ जना फरक क्षमता भएका र दलित विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला र महिला विद्यार्थीहरूलाई १ थान भलिबल, नेट र पम्प वितरण गरिएको छ । उक्त झोला वितरण गर्नु हुँदै यस कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू, वडा नं. ४ का वडाध्यक्ष श्री लोकेन्द्र राई ज्यू, कार्यपालिका सदस्य ज्ञान बहादुर माझी ज्यू, वडा सदस्य रमामाया वि.क. ज्यू, शिक्षा शाखा संयोजक श्री मनिकुमार गिरी ज्यू, सम्बन्धित विद्यालयका वि.व्य.स. अध्यक्ष ज्यूहरू, सि.अ. सँघ अध्यक्ष ज्यूहरू, प्र.अ. ज्यूहरू र स्थानिय समाजसेवी ज्यूहरू । उक्त वडाका अन्य विद्यालयहरू क्रमश: वरेम्तुङ प्रा.वि. वारेम्तुङ, जनप्रभात प्रा.वि. नाप्तिकु, जनजागृति प्रा.वि. पाखाटारी र भगवति प्रा.वि. मार्सेमा फरक क्षमता भएका र दलित विद्यार्थीहरू नभएको सम्बन्धित विद्यालयका प्र.अ.ले जानकारी गराउनु भएको थियो । यस भन्दा पहिले २०७७ साल पौष ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ स्थित श्री महेन्द्रोदय मा.वि. ओख्रेका ४७ जना (६ जना फरक क्षमता भएका र ४१ जना दलित) विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला र महिला विद्यार्थीहरूलाई १ थान भलिबल, नेट र पम्प वितरण गरी सकेको छ ।