आज मिति २०७८/०२/३१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले कोरोना संक्रमित सिकिस्त विरामीहरू ऐ गाउँपालिका वडा नं. ७ ज्यामिरे निवासी ५८ वर्षिय राजकुमार राईलाई करिब ३०० मिटर र वडा नं. ६ दिहुँ स्थायी घर भई केही समय देखि वडा नं. ३ छोरम्बु पिप्लेमा दीदीको घरमामा बस्दै आउनु भएको २१ वर्षिय श्री दिल कुमार तामाङलाई करिब ५०० मिटर बोकेर अस्पताल पुर्याउनु हुँदै अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
समाचार
ग्यालरी
आज मिति २०७८ साल असार ४ गते सामाजिक विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई लक्षित गरेर " ढाका बुन्ने मेसिन वितरण" कार्यक्रम सम्पन्न गरिएको छ । प्रत्येक वडालाई साडि र बर्की बन्ने आवश्यकीय धागो, कैँची लगायतको सामान सहित दुई दुई थान मेसिन प्रदान गरिएको छ । प्रत्येक वडामा ढाका बुन्ने तालिम समेत तत्कालै सन्चालन गरिनेछ ।
आज मिति २०७८/०२/३० गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको प्रमुख आतिथ्यतामा सामाजिक विकास कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरू सँग विश्वव्यापी महामारीको रुपमा फलिएको कोभिड-१९ नियन्त्रणमा स्वयमसेविकाहरूको भूमिका र समस्या सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा खामडाँडामा आज मिति २०७८/०२/२६ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू । साथै सोही अवसरमा खामडाँडामा १५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना र अस्थायी कोभिड अस्पतालमा ७ जनामा ३ जनाको पोजेटिभ गरी आज जम्मा ९ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको छ ।
बढ्दो कोरोना भाइरस(कोभिड-१९) को संक्रमणलाई न्यूनिकरण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ दुधिले भञ्ज्याङ छितापोखरीमा आज मिति २०७८/०२/२३ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ खाम्ला निवासी कोभिड-१९ संक्रमित सिकिस्त ६४ वर्षिय सिकिस्त विरामी श्री कमला राईलाई कोभिड अस्थायी अस्पताल याम्खा लानु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । उहाँको शरिरमा अक्सिजनको मात्रा एकदमै कम ५५ मात्र रहेको थियो ।
आज मिति २०७८/०२/१९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ खामडाँडामा १६ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको छ । यो संगै जम्मा परीक्षण : २३७ जना, जम्मा संक्रमित : ८० जना, हाल सक्रिय संक्रमित : ७३ जना, निको भएको : ७ जना कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत : ४ जना
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ खामडाँडाकी कोभिड-१९ संक्रमित सिकिस्त विरामी ८८ वर्षिय धन कुमारी अधिकारीलाई आफ्नो पिठ्युँमा बोकी कोभिड अस्थायी अस्पताल लानु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
आज मिति २०७८/०२/१५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा निवासी ७२ वर्षिय कोभिड-१९ संक्रमित विरामी श्री बालकुमारी राईको उद्धार गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।