आज मिति २०७७ साल फागुन २९ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मिति २०७७/११/२७ गते देखि सञ्चालन भएको ३ दिने आधारभूत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम सम्बन्धि तालिमको अन्तिम सत्रमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले आफ्नो मन्तव्यका साथ अमूल्य सुझाव प्रस्तुत गर्नुहुँदै कार्यक्रम समापन गर्नुभयो ।
समाचार
ग्यालरी
दिप्रुङ चुइचुम्मा गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाई खोटाङको सहकार्यमा यस गाउँपालिकाका सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम मिति २०७७ साल फागुन २७ गतेबाट शुरू भएको छ । उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजना र निड्स नेपाल प्रा.लि.को सहकार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उद्यमीहरूको सम्पूर्ण समस्याहरू समाधान गर्नका लागि उद्यम विकास क्षमता अविबृद्धि सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा मिति २०७७/११/२३ गते सन्चालन भएको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप २७१( महिला : ११९ जना र पुरुष :१५२ जना ) जनालाई लगाइएको छ । स्वास्थ्य चौकी याम्खामा- ३१( महिला : १३ पुरुष : १८), स्वास्थ्य चौकी ओख्रे- ४२( महिला : १९ पुरुष :२३), स्वास्थ्य चौकी छोरम्बु- ४१( महिला : १८ पुरुष :२३), स्वास्थ्य चौकी बतासे- ६९( महिला : ३० पुरुष : ३९), स्वास्थ्य चौकी स. छितापोखरी - ५०( महिला : २३ पुरुष : २७), स्वास्थ्य चौकी छितापोखरी- १८( महिला : ६ पुरुष : १२) र स्वास्थ्य चौकी टेम्मा- २०( महिला : १० पुरुष :१०) रहेको छ ।
आज मिति २०७७ साल फागुन १७ गतेका दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ४८ वटै सामुदायिक विद्यालयका ३०५४ जना विद्यार्थीहरूलाई दिवा खाजा वितरण कार्यक्रम शुरूवात गरिएको छ । उक्त खाजा कार्यक्रम श्री महेन्द्रोदय मा.वि. ओख्रेमा वाल विकास केन्द्र देखि कक्षा ५ सम्मा अध्ययनरत ९३ जना विद्यार्थीहरूलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूबाट वितरण गरी शुभारम्भ गरियो ।
"शी लिड्स महिला नेतृत्व" परियोजना अन्तर्गत दलित महिला केन्द्र द्वारा वडाका महिला जनप्रतिनिधिहरुलाई ३ दिने क्षमता विकास तालिम गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आतिथ्यतामा आज मिति २०७७ साल फागुन १५ गते समापन भएको छ । उक्त कार्यक्रम २०७७ साल फागुन १३ गतेबाट शुरु भएको थियो ।
"शी लिड्स महिला नेतृत्व" परियोजना अन्तर्गत दलित महिला केन्द्र द्वारा महिला जनप्रतिनिधिहरुलाई ३ दिने क्षमता विकास तालिम गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्युको प्रमुख आतिथ्यतामा आज मिति २०७७ साल फागुन १३ गतेबाट शुरु भएको छ ।
आज दिप्रुङ चुइचुम्मा गाउपालिका गाउँ शिक्षा समितिको बैठकको निर्णय अनुसार यही हप्ता वाट गाउँ पालिकाको ४८ वटा विद्यालयका बा.वि.के देखी कक्षा ५ सम्मका ३०५४ जना विधार्थीहरुलाई दिवा खाजा कार्यक्रम लागू हुने छ भने आगामी चैत्र २० र २१ गते राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता गरिने निर्णय सार्बजनिक गर्दै र आगामी शैक्षिक रणनीति तयार गर्न गाउँपालिकामा रहेको ४८ वटै विध्यालयको प्र. अ. हरु सँग महत्वपुर्ण बिषयमाथि छलफल
पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट धिप्लुङ झरनालाई ३ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
योजना सम्बन्धि थप विवरण हेर्नुहोस् ।


