FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा मौरीपालन सम्बन्धि विषयविज्ञबाट २ दिने तालिम आज मिति २०७७ साल चैत्र २९ देखि शुरू भएको छ । कृषि शाखा संयोजक श्री सरगम बुढाथोकीको अध्यक्षतमा संचालित उक्त तालिममा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू विशेष अतिथि, वडाध्यक्षहरू श्री ईन्द्र बहादुर बस्नेत ज्यू, श्री लोकेन्द्र राई ज्यू, श्री पूर्ण बहादुर खड्का ज्यू लगायत वडा सदस्य श्री अमृत गिरी ज्यू अतिथिको रूपमा रहनु भएको थियो । मौरीपालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाई आधुनिक घारको प्रयोगमा वृद्धि गरी

मिति: 04/11/2021 - 18:27
, , ,

आज मिति २०७७ साल चैत्र २८ गते शनिवारको दिन P.N.C घर भेट सम्बन्धी १ दिने स्वास्थ्य संस्था स्तरीय अभिमुखिकरण कार्यक्रम स्वास्थ्य शाखा संयोजक श्री मुस्ताक अहमद मन्सुरी ज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यूको विशिष आतिथ्यतामा मा सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाका अ.न.मी.हरूलाई स्वास्थ्य शाखा प्रमुख श्री मुस्ताक अहमद मन्सुरी र स्वास्थ्य चौकी स.छितापोखरीमा कार्यरत सि.अ.न.मी. श्री चन्द्रमाया राई ज्यूले प्रशिक्षण गर्नु भ‍एको छ ।

मिति: 04/10/2021 - 16:05
, , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज मिति २०७७ साल चैत्र २२ गते ऐ गाउँपालिका वडा नं. २ खुतुम्बु निवासी श्री नैन बहादुर विश्वकर्मालाई रू ३५ हजार र ऐ गाउँपालिका वडा नंं. १ निवासी श्री अर्जुन भुजेललाई रू २० हजार राहत स्वरूप नगद प्रदान गरेको छ । मिति २०७७/१२/२१ गते बनमा लागेको डढेलोमा परी नैन बहादुरको घर, मतान र कटेरो जलि नष्ट भएको थियो भने मिति २०७७/१२/१७ गतेको हावाहुरीले अर्जुन भुजेलको घरको छाना पुरै उढाई क्षती गरेको थियो । राहत रकम गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले घटनास्थल मै पुगि सम्बन्धित वडाका जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।

मिति: 04/05/2021 - 09:32
, , , , , ,

दिप्रुङ चु‍इचुम्मा गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मिति २०७७ साल चैत्र २० गते देखि सुरू भइ आज २०७७ साल चैत्र २१ गते सम्पन्न भएको छ । शिक्षा शाखा संयोजक श्री मणिकुमार गिरी ज्यूको सभापतित्वमा संचालन भएको यस प्रतियोगितामा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू विशेष अतिथि, वडाध्यक्ष, का.पा. सदस्य, गा.पा. सदस्य, वि.व्य.स.

मिति: 04/04/2021 - 09:42
, , , , , , , , , , , ,

आज मिति २०७७ साल चैत्र १८ गतेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकामा स्थानिय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यक्रम(LISA) सुरू भएको छ । उक्त कार्यक्रमका झलकहरू ।

मिति: 04/01/2021 - 00:18
, , ,

आज मिति २०७७ साल फागुन २९ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मिति २०७७/११/२७ गते देखि सञ्चालन भएको ३ दिने आधारभूत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम सम्बन्धि तालिमको अन्तिम सत्रमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले आफ्नो मन्तव्यका साथ अमूल्य सुझाव प्रस्तुत गर्नुहुँदै कार्यक्रम समापन गर्नुभयो ।

मिति: 03/13/2021 - 22:04
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाई खोटाङको सहकार्यमा यस गाउँपालिकाका सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम मिति २०७७ साल फागुन २७ गतेबाट शुरू भएको छ । उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

मिति: 03/11/2021 - 22:18
, , , ,

Pages