आज मिति २०७९/०३/०९ गते दोस्रो गाउँसभाको पहिलो अधिवेशन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको सभाध्यक्षता सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर ज्यूले पेश गर्नु भएको गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक निति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सभाबाट सर्वसहमत पारित भएको छ ।
समाचार
ग्यालरी
आज मिति २०७९/०३/०१ गतेका दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयको आयोजनामा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पुर्व नगर प्रमुख श्री दिप नारायण रिजाल ज्यूको प्रमुख आतिथ्यता तथा सहजीकरणमा यस गाउँपालिकाको कार्यपालिका सदस्य ज्यूहरुलाई नीति तथा कार्यक्रम , बजेट निर्माण लगायत विषयगत समिती गठन तथा समितिको कार्य जिम्मेवारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सन्चालन गरियो ।
मिति २०७९/०१/०९ गते यस दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाे नवनिर्वाचित उपाध्यक्ष श्री अरुणा थापा ज्यूको पदबहाली तथा स्वागत कार्यक्रम, स्थानीय तह निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहन साथै स्वागत कार्यक्रम तथा पुराना जनप्रतिनिधिहरुलाई कदर पत्रले सम्मान कार्यक्रम सम्पन्र गरियाे ।
सन्सार भरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७९ सालको यस दिप्रुङ चुइचुम्मा गाउँपालिका समष्त परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका द्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७८, मिति २०७८ चैत्र २२ देखि २४ गते सम्म सञ्चालन गरिएकोे प्रतियोगितात्मक खेलमा पुरूष तर्फ पाथिभरा टाइगर्स भलिबल क्लब, झापा ले प्रथम स्थान हासिल गर्दै शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५०,०००(कर सहित) बाट पुरस्कृत भएको छ। त्यस्तै गरि क्रमशः नेपाल तरुण दल दिप्रुङ चुइचुम्मा गा. पा. ले द्वितीय स्थान हासिल गर्दै शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु ८०,०००(कर सहित), प्रदेश नं.
आज मिति २०७८/१२/२२ गते गाउँपालिकाद्वारा आयोजित खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७८ गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू को प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको विशेष आतिथ्यतामा उद्घाटन गरिएको छ । दि. चु गा. पा. वडा नं.
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.