FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ को मिति २०७८‍/१२/०३ देखि २०७८/१२/०५ सम्म सञ्चालन गरिएकोे खेलमा प्रथम श्रेणी मिनाकर्ण मा. वि. सापातेल, द्धितिय सरस्वति मा. वि. डाँडाखर्क र तृतिय श्रेणीमा कृष्ण मा. वि. टेम्मा पर्न सफल भएको छ । जसमा पहिलो हुने टिम मिनाकर्ण मा. वि. सापातेलले ५ स्वर्ण, ५ वटा रजक र २ वटा कांस्य पदक गरि जम्मा १२ वटा पदक ल्याउन सफल भएको छ । त्यस्तै गरि द्धितिय श्रेणी सरस्वति मा. वि. डाँडाखर्कले ३ वटा स्वर्ण पदक, ४ वटा रजक पदक र १ वटा कांस्य पदक गरि जम्मा ८ वटा पदक हात पार्न सफल हुनु भएको छ । कृष्ण मा. वि.

मिति: 03/19/2022 - 21:36
, , , , , , , , , ,

राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मिति  २०७८/१२/०३ गते  देखि शुरु भएको हो । 

मिति: 03/18/2022 - 13:28
, , , , , , , , , , , , , , , ,

सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तरास्ट्रिय महिला दिवस मा विभिन्न प्रतियोगितात्मक र सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सम्मानित व्याक्तित्व हरुमा

उत्कृष्ट स्वयंसेविकाहरु

वडा नं. १ बाट श्रीलक्ष्मी राई

वडा नं.२ बाट बाल कुमारी सिग्देल

वडा नं. ३ बाट दिल कुमारी तामाङ

वडा नं. ४ बाट लाल माया राई

वडा नं. ५ बाट कोपिला थापा

वडा नं. ६ बाट कल्पना राई

मिति: 03/08/2022 - 23:58
, , , , , , , , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपालको सहजीकरणमा सविधान २०७२ को धारा २१७ ले परिकल्पना गरेको र स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ को उपादफा (२) बमोजिमको क्षेत्र अधिकार भित्र रहेर समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम २०७८/११/१७ गतेबाट सुरु गरिएको आज मिति २०७८/११/२४ गते  सप्पन्न भएको छ |

मिति: 03/08/2022 - 19:25
, , , , , , , , , , , , , , , , ,

प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को सहयोगमा प्रदेश प्रशिक्षण केन्द्र , झापाको सहजीकरणमा स्थानिय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण सम्बन्धी दुई दिने कार्यशाला लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी विभिन्न योजनाहरु बनाउदै आज सम्पन्न भएको छ ।

मिति: 03/04/2022 - 18:23
, , , , , , , , ,

नेपालको सविधान २०७२ को धारा २१७ ले परिकल्पना गरेको र स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ को उपादफा (२) बमोजिमको क्षेत्र अधिकार भित्र रहेर समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम आज मिति २०७८/११/१७ गतेबाट सुरु गरिएको छ ।

मिति: 03/01/2022 - 18:38
, , , , ,

आ.व. २०७८/०७९ को दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दशौं हिउँदे गाउँसभा बाट नवौं योजनालाई संशोधन गर्दै रकमान्तर गरिएको छ साथै गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ ।

बिस्तृत जानकारीको लागि 

https://nepalwide.com/news/123165

https://khotangtoday.com/archives/22052

https://rodikkhabar.com/content/2631

मिति: 02/22/2022 - 14:42
दशौं गाउँसभा, दशौं गाउँसभा, दशौं गाउँसभा, दशौं गाउँसभा, दशौं गाउँसभा

Pages