FAQs Complain Problems

ग्यालरी

जनताको सहजताको लागि वडा बाटै योजना सम्झौता!

#दोश्रो_दिन! 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चालू आ. व. २०७९/८० को विनियोजित वार्षिक योजना तथा कार्यक्रम सञ्चालनार्थ सामुदायिक विद्यालय, संघ/संस्था/समूह तथा उपभोक्ता समोतिहरुसंग सम्बन्धित वडामा गई योजना/कार्यक्रम सम्झौता गर्ने गाउँपालिकाको निर्णयानुसार आज मिति २०७९/०८/२७ गते मंगलबार वडा नं २ (डाँडागाउँ) र वडा नं ७ (टेम्मा)को वडा कार्यालयमा योजना/कार्यक्रम सम्झौता भयो ।

भोलि मिति २०७९/०८/२८ गते बुधबार वडा नं ३( छोरम्बु) को योजना/कार्यक्रमहरुको सम्झौता वडा कार्यालय, वडा नं ३ मा बिहान ठिक ९ बजेवाट सुरु हुनेछ ।

मिति: 12/13/2022 - 18:13
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चालू आ. व. २०७९/८० को विनियोजित वार्षिक योजना तथा कार्यक्रम सञ्चालनार्थ सामुदायिक विद्यालय, संघ/संस्था/समूह तथा उपभोक्ता समोतिहरुसंग सम्बन्धित वडामा गई योजना/कार्यक्रम सम्झौता गर्ने गाउँपालिकाको निर्णयानुसार आज मिति २०७९/०८/२६ गते सोमबार वडा नं १ याम्खाको वडा कार्यालयमा १४ वटा योजना/कार्यक्रम सम्झौता भयो ।

भोलि मिति २०७९/०८/२७ गते मंगलबार वडा नं २ र वडा नं ७ को योजना/कार्यक्रमहरुको सम्झौता संयुक्त रुपमा वडा कार्यालय, वडा नं २ बिहान ठिक ९ बजेवाट सुरु हुनेछ ।

मिति: 12/12/2022 - 19:21
, , , , , , ,

आज मिति २०७९/०३ /२४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राईज्यू, गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगरज्यू, १ नं. वडाका वडाध्यक्ष श्री केशव कुमार खत्रीज्यू, ५ नं. वडाका वडाध्यक्ष श्री डम्बर बहादुर खड्काज्यू साथै राजनितिक दलका नेता श्री राजेन्द्र राईज्यू लगायत यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका इन्जिनियर मुकेश कुमार यादव साथै अन्य कर्मचारीहरु विमानस्थल देखि दि.चु.गा.पा. १, याम्खा (तत्कालिन याम्खा गा.वि.स) सम्म सडक कालोपत्रे योजना अन्तर्गतका निर्माणधिन सडकको अनुगमन गर्दै।

मिति: 07/08/2022 - 22:04
, , , , , , ,

यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षता साथै गाउँपालिका उपाध्यक्ष श्री अरूणा थापा मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री लाेकेन्द्र बहादुर राई ज्यूकाे उपस्थितिमा यस गाउँपालिकाकाे आ.व. २०७८/०७९ अन्तर्गत गाउँपालिका स्तरिय पाेषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल तथा समिक्षा बैठक सम्पन्न ।

मिति: 07/06/2022 - 16:55
, , , ,

आज मिति २०७९/०३/२० गतेकाे दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षता साथै गाउँपालिका उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पुर्ण कर्मठ कृषकहरुकाे उपस्थितिमा सहजकर्ता श्री बाबुराम बराल ज्यूद्धारा कृषि तथा पशु एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरियाे ।

मिति: 07/04/2022 - 18:59
, , , , , , , ,

मिति २०७८/०३/१७ गतेबाट सुरु भएको महिलाहरुलाई सहकारी सम्बन्धी तीन दिने आवासीय तालिमको समापन कार्यक्रम ।

मिति: 07/03/2022 - 18:16
, , , , , , , , , ,

आज मिति २०७९/०३/१७ गते महिलाहरुलाई सहकारी सम्बन्धी ३ दिने आवाशीय तालिमकाे पहिलाे दिन ।

मिति: 07/01/2022 - 19:21
, , , , , , ,

आज मिति २०७९/०३/१७ गतेकाे दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षतामा कार्यालय सञ्चालनलाई व्यवस्थित, पारदर्शी, जाेखिममुक्त र मितव्यायी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ मा व्यवस्था भए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण गर्न प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरी झापा १ नं. प्रदेश मार्फत आउनु भएका सहजकर्ताहरूद्धारा अनुशिक्षण कार्यक्रम ।

मिति: 07/01/2022 - 19:13
, , , , , , , , , ,

१९ औं राष्ट्रिय धान दिवसको अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा आयाजित रोपाई महोत्सब दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षतामा साथै प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पुर्ण गाउँपालिका कर्मचारीहरुको संयुक्त सहभागितामा "धान बालीमा जैबिक विविधता उपयोगः आयत प्रतिस्थापनमा सहयोग" भन्ने नाराका साथ २०७९ को धान दिवस मनाइयो ।

मिति: 06/30/2022 - 15:16
, , , ,

Pages