समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा स्थित बाटोफेदी साप्सु खोलाको मोटरेवल पुल सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूबाट आज मिति २०७८ चैत्र ७ गते समुद्घाटन
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा स्थित बाटोफेदी साप्सु खोलाको मोटरेवल पुल सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूबाट आज मिति २०७८ चैत्र ७ गते समुद्घाटन भएको छ । पुल समुद्घाटन समारोह सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूको प्रमुख आतिथ्यतामा माननीय खानेपानी तथा सिचाई मन्त्री श्री उमाकान्त चौधरी र संविधानसभा सदस्य श्री भीष्म राज आङदेम्बे ज्यूको बिशेष आतिथ्यता सम्पन्न भएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु लगायत जिल्ला स्थित अन्य स्थानीय तहका प्रमुख तथा उप- प्रमुख र राजनैतिक दलका प्रमुख पदाधिकारिहरुको समेत उपस्थिति रहेको थियो ।