FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलको मिति २०७७/२/१९ को निर्णय अनुसार आज उपरान्त यस गाउँपालिकामा वसोवास गर्ने गरी प्रवेश गर्ने नागरिकले भारतवाहेक तेश्रो मुलुकवाट आएकाहरुले याम्खामा ,भारतवाट आउनेले भण्डारेघाट र देशकै अन्य क्षेत्रवाट आएका नागरिकहरुलाई पालिकाले तोकेको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको जानकारी गराइन्छ ।

मिति: 06/01/2020 - 17:55
,

दिप्रुङ चुइचुम्मा गाउपालिकाको आ.ब. २०७६/०७७ को वार्षिक कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कागती पकेट बिस्तार कार्यक्रममा वडा नम्बर ४ बतासेको इजारामा ३५०० बिजु सुन कागती १ बिरुवा धनकुटाबाट ल्याइ बितरन गरियो । यसमा गा.पा.को लगानी २,४०,००० र समुहको लगानी ४८,००० रहेको जानकारी गराइन्छ ।

मिति: 05/31/2020 - 16:38
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत अन्तर्गत वडा नं. ३ छोरम्बु ३० घरधुरी, वडा नं. ४ बतासे ४१ घरधुरी,वडा नं. ५ स.छितापोखरी ३३ घरधुरी र वडा नं. ६ छितापोखरी ३६ घरधुरी गरी जम्मा १४० घरधुरीलाई आज मिति २०७७/०२/१७ गते राहत वितरण गरेको छ । आजसम्म गाउँपालिका भित्र १००० घरधुरी र जिल्ला बाहिर ३७८ परिवारलाई राहत वितरण गरेको जानकारी गराइन्छ । साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।

मिति: 05/30/2020 - 21:19
, , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमता, दक्षता, योग्यता र सिप हासिल गर्नु भएका (डाक्टर, वि.एस.सि. नर्सिङ ,हेल्थ असिस्टेन्ड ,स्टाफ नर्स, अ.हे.व,.

मिति: 05/26/2020 - 16:04
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत वितरण कार्य मिति २०७७/०२/१० गतेबाट अति समस्यामा परेका नागरिकहरुलाई बितरण गरी शुरूवात गरेको छ । जस अन्तर्गत वडा न १ याम्खा: ३० वडा नं २ डाडागाउँ: ५२ र वडा नं ७ टेम्मा: ३० घर परिवारलाई राहत बितरण गरेको जानकारी गराइन्छ । पहिलो चरणमा गाउँपालिकामा ६०० घर परिवार दोस्रो चरणमा गाउँपालिका मै १०० घर परिवार, काठमाडौं उपत्यकामा २०७ र मोरङमा १७१ परिवारलाई राहत वितरण साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।

थप जानकारी

मिति: 05/23/2020 - 16:39
, , , , ,

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी रुपमा भएको लकडाउनका कारण यस अवधिमा जन्मिएका गाउँपालिकाका नवजात शिशु र जन्म दिने आमामा उचित पोषणयुक्त खानाको अभावमा कुपोषित र शरिरमा रक्त अल्पता हुने संभावनालाई मध्यनजर गर्दै कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको मिति २०७७/०१/२६ गते बसेको बैठकले २०७६ चैत्र र २०७७ बैशाखमा सुत्करी हुनुभएका आमाहरुको लागि पोषणयुक्त खाद्य समाग्री वितरण गर्ने भन्ने निर्णय अनुसार आज मिति २०७७/०१/२८ गते बाट बितरण कार्य शुरु भएको जानकारी गराइन्छ ।

मिति: 05/10/2020 - 19:01
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका स्तरीय शैक्षिक सत्र २०७६ सालको आधारभूत तह उत्तीर्ण कक्षा ८ को वार्षिक परीक्षाको उत्तर पुस्तिका परीक्षण कार्य कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण स्थगित गरिएकोमा हाल गाउँपालिका अन्तर्गतका विद्यालयहरुको मिति २०७७/०१/२१ गतेको प्र.अ. बैठकको निर्णय बमोजिम उत्तर पुस्तिका परीक्षणका लागि सामाजिक दुरी कायम गरी मिति २०७७/०१/२६ गतेबाट उत्तर पुस्तिका कोडिङको कार्य शुरु गरिएको साथै मिति २०७७/०१/२८ गतेबाट विषयगत शिक्षकहरु गाउँपालिकाको कार्यालयमा झिकाई हरेक दिन एक–एक विषयको उत्तर पुस्तिका सामाजिक दुरी कायम गरी परीक्षण गरिने जानकारी गराइन्छ ।

मिति: 05/09/2020 - 19:07

लकडाउनका कारणबाट गाउँपालिकामा बाहिरबाट आपूर्ति हुनु पर्ने खाद्यान्न हालसम्म नभएको अवस्था र निकट भविष्य(२०७७ जेष्ठ ३ गते) फोक्सिङ्गटारको बेली ब्रीज खोल्न लागिएकोले त्यसभन्दा पहिले नै आवश्यक खाद्य सामाग्री झिकाई सक्ने र यहाँका अधुरा सार्वजनिक र निजी स्तरका निर्माण कार्य वर्षायाम अगाडी नै सम्पन्न गर्न आवश्यक निर्माण सामाग्री समेत झिकाउने निर्णय गरियो ।

थप जानकारी

मिति: 05/07/2020 - 18:24
, ,

याम्खा : ५६ टेम्मा : ४४

मिति: 05/05/2020 - 21:09
, ,

Pages

//