समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्वास्थ्य क्षेत्रमा आवद्ध ब्यक्तीहरु संग कोभिड -१९ को संक्रमण तथा नियन्त्रणका लागी बृहत छलफल
दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमता, दक्षता, योग्यता र सिप हासिल गर्नु भएका (डाक्टर, वि.एस.सि. नर्सिङ ,हेल्थ असिस्टेन्ड ,स्टाफ नर्स, अ.हे.व,. अ.न.मी., ल्याव टेक्नीसियन, ल्याव असिस्टेन्ड,फार्मेसी) जस्ता दक्ष व्यक्तित्वहरु जसले आफ्नो क्षमताको प्रयोग गर्न पाईरहनु भएको छैन उहाँहरू संग मिति २०७७/०२/१३ गते गाउँपालिकाले बैठक बसेको छ । उक्त बैठकमा उहाँहरुले भविश्यमा पालिकामा फैलन सक्ने कोभिड १९ को संक्रमण वा अन्य कुनै महामारीलाई न्यूनिकरण गर्न पालिकामा आवश्यक्ता परेको बेला सेवा प्रवाह गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । धन्यवाद सबै दक्ष जनशक्ती लाई २०७७/२/१३
थप जानकारी