समाचार
मौरीपालन सम्बन्धि विषयविज्ञबाट २ दिने तालिम
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा मौरीपालन सम्बन्धि विषयविज्ञबाट २ दिने तालिम आज मिति २०७७ साल चैत्र २९ देखि शुरू भएको छ । कृषि शाखा संयोजक श्री सरगम बुढाथोकीको अध्यक्षतमा संचालित उक्त तालिममा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू विशेष अतिथि, वडाध्यक्षहरू श्री ईन्द्र बहादुर बस्नेत ज्यू, श्री लोकेन्द्र राई ज्यू, श्री पूर्ण बहादुर खड्का ज्यू लगायत वडा सदस्य श्री अमृत गिरी ज्यू अतिथिको रूपमा रहनु भएको थियो । मौरीपालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाई आधुनिक घारको प्रयोगमा वृद्धि गरी महको उत्पादन बढाउन तथा आगामी आर्थिक वर्षमा मौरीपालन सम्बन्धि अनुदानको कार्यक्रम विस्तार गरी कृषकहरुलाई थप व्यवसायीक बनाउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । ७ वटै वडाको ४२ जना कृषकहरु सहभागी रहेको छ ।