FAQs Complain Problems

सूचना तथा समाचार

कोभिड-१९ संक्रमितको संख्या ४८ जना पुग्यो । (मिति २०७८/०२/१२ गते बिहान १०:५० को अपडेट)

मिति २०७८/०२/१२ गते बिहान १०:५० को अपडेट :

अस्थायी कोभिड अस्पतालमा गरिएको कोभिड-१९ एन्टिजेन परिक्षणमा १ जना कोभिड-१९ संक्रमीत थपिदै आज ४८ जना पुगेको छ । जम्मा परिक्षण १४८, डिस्चार्ज : १ जना

 

मिति २०७८/०२/०७ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ४ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ४ जना कै रिपोर्ट नेगेटिभ

आज मिति २०७८/०२/०७ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ४ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ४ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा २१ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ र १५ जनाको नेगेटिभ रिपोर्ट आएको छ।

मिति २०७८/०२/०६ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ६ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ६ जना कै रिपोर्ट नेगेटिभ

आज मिति २०७८/०२/०६ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ६ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ६ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा १७  जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ  र ११ जनाको नेगेटिभ  रिपोर्ट आएको छ।

एन्टिजेन परीक्षण गर्दा नेगेटिभ परिणाम

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेमा काठमाडौबाट मिति २०७८/०१/१७ गते यस गाउँपालिका आउनु भएको १ जना ब्यक्तिको मिति २०७८/०२/०४ गते एन्टिजेन परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ । उक्त ब्यक्ति केही दिन देखि सिकिस्त विरामी पर्नु भएको थियो ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ बमोजिम छनौट भएका लाभग्राहीहरूलाई सम्झौता गर्न आउने सम्बन्धी सूचना ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ बमोजिम छनौट भएका वडा नं. १ देखि वडा नं. ७ सम्मका यसै सूचना साथ संलग्न रहेको सूचीका लाभग्राहीहरुले मिति २०७८/०१/२८ गते देखि ७ दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्झौताका लागि तपसिलका कागजातहरु सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।

Pages