समाचार
गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले दोस्रो दिन गाउँगाउँमा एन्टिजेन परीक्षण गर्दै
अपडेट : ५:०० बजे वेलुकी-दोस्रो दिन
मिति २०७८/०२/०७ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कोभिड १९ संक्रमण तथा नियन्त्रण कार्यदल बैठकको निर्णय अनुसार आज मिति २०७८/०२/१० गते दोस्रो दिन गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँ, टोल र बस्तिमा पुगी कोभिड १९ संक्रमण शंकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ डाँडागाउँमा १७ जना मध्ये ६ जना र वडा नं. ५ स.छितापोखरीमा १८ जना मध्ये १० जना गरी जम्मा १६ जनालाई कोभिड १९ पोजेटिभ देखिएको छ । हालसम्म ९२ जनाको परीक्षण गरिएकोमा ३९ जनाको पोजेटिभ देखिएको छ । ३९ जना मध्ये स्वासप्रश्वासमा समस्या देखिएको ४ जना कोभिड अस्पताल याम्खाको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । साथै अन्य विरामीलाई औषधि समेत वितरण गरिएको छ । यसरी नै सबै वडामा परीक्षण गरिने सूचना यस अधि नै गाउँपालिकाले जारी गरिसकेको छ । संक्रमित नागरिकहरूको स्वास्थ्य सिघ्र लाभको कामना गर्दछौँ । हाल कोराना भाइरस(कोभिड–१९) को संक्रमणको पुष्टि भई होम आइसोलेसनमा रहेका यस गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा जटिल समस्या देखापरी स्वासप्रश्वास प्रक्रियामा समस्या उत्पन्न भई कोभिड अस्पताल याम्खा जानुपर्ने परिस्थिति भएमा तपसिलका व्यक्तिहरुको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
तपसिल :
१ मुस्ताक अहमद मन्सुरी(स्वास्थ्य शाखा संयोजक)-९८४२८३३६२२
२ गजेन्द्र राई(अस्थायी कोभिड अस्पताल(प्रशासन शाखा)-९८४५१७७७४८
३ नगेन्द्र बुढाथोकी(ईन्चार्ज-प्र.चौ.दिप्रुङ चुइचुम्मा)-९८४७२५७२२३
४ जित बहादुर मगर(सवारी चालक)-९८०३७८०७२३
५ भुवन वस्नेत(सवारी चालक)-९८२४७८५२४१