दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट आउनु भएको लेखापरीक्षण टोलि गाउँपालिका कार्यालयमा मिति २०७७/०९/२५ गते आइपुग्नु भएको छ । यस गाउँपालिकाको लेखापरीक्षण भोलि मिति २०७७/०९/२६ गते देखि शुरू हुने जानकारी गराइन्छ ।
आज २०७७ साल पौष १२ गतेका दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्युको अध्यक्षतामा महिला कार्यपालिका सदस्य र गाउँपालिका स्तरीय महिला विकास समन्वय समिति बिच गत आ.व. २०७६/०७७ मा संचालन भएको पालिकासंग महिला कार्यक्रमको वार्षिक समिक्षा तथा यस आ.व. मा संचालन हुने कार्यक्रमको बारेमा छलफल सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम आज मिति २०७७ साल पौष १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक बीच बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक दिप्रुङ शाखा ओख्रेको आपसी समझदारीमा बैंकको कर्मचारी टोली मिति २०७७/०९/१८ गते १, ४, ५ र ७ नम्बर वडा कार्यालय तथा २०७७/०९/ २५ गते ३ र ६ नम्बर वडा कार्यालयमा गई सम्पूर्ण लाभग्राहीहरूको बैंक खाता खोल्ने कार्य रहेको जानकारी गराइन्छ ।