समाचार
गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँगाउँमा एन्टिजेन परीक्षण गर्दै
मिति २०७८/०२/०७ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कोभिड १९ संक्रमण तथा नियन्त्रण कार्यदल बैठकको निर्णय अनुसार आज मिति २०७८/०२/०९ गते गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले कोभिड १९ सक्रमण संकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ को ज्यामिरेमा २५ जना मध्ये १२ जना र वडा नं. ४ बतासेको भुल्केमा ६ जना मध्ये १ जना र अस्थायी कोभिड अस्पताल याम्खामा १० जना मध्ये ३ जना गरि जम्मा १६ जनालाई कोभिड १९ पोजेटिभ देखिएको छ । हालसम्म ५७ जनाको परीक्षण गरिएकोमा २३ जनाको पोजेटिभ देखिएको छ । २३ जना मध्ये स्वासप्रश्वासमा समस्या देखिएको ४ जना कोभिड अस्पताल याम्खाको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । साथै अन्य विरामीलाई औषधि समेत वितरण गरिएको छ । यसरी नै सबै वडामा परीक्षण गरिने सूचना यस अधि नै गाउँपालिकाले जारी गरिसकेको छ ।