समाचार
दलित तथा फरक क्षमता भएका विद्यार्थीलाई पुस्तक बोक्ने झोला र महिला विद्यार्थीलाई भलिवल वितरण कार्यक्रम अन्तर्गत वडा नं. २
आज मिति २०७७ साल माघ १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका संग महिला कार्यक्रमको दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ स्थित श्री सिंहदेवी प्रा.वि. चारकिल्लाका ११ जना(फरक क्षमता भएको-१ जना, दलित-१०), श्री साक्षरता प्रा.वि. ओखरबोटेका ७ जना(फरक क्षमता भएको-१ जना, दलित-६ जना), श्री जन समूह प्रा.वि. पिपलडाँडाका ७ जना(फरक क्षमता भएको ० जना, दलित ८ जना), श्री समाजसेवा प्रा.वि. नालिका ८ जना(फरक क्षमता भएको-० जना, दलित-१४जना), श्री साप्सु निकेतन प्रा.वि. खुतुमबुका ९ जना(दलित), गरी जम्मा ४२ जना फरक क्षमता भएका तथा दलित विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला गरिएको छ । उक्त झोला यस कार्यक्रमका प्रमूख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, वडा नं. २ का वडाध्यक्ष श्री भिम बहादुर खत्री ज्यू, कार्यपालिका सदस्य श्री बुद्धमाया वि.क. ज्यू, वडा सदस्यहरू श्री रमेश खड्का ज्यू, यदुनन्द सिग्देल ज्यू, ईन्द्र कुमारी राई ज्यू, मनमाया वि.क. ज्यू , शिक्षा शाखा संयोजक श्री मणिकुमार गिरी ज्यू, सम्बन्धित विद्यालयका वि.व्य.स. अध्यक्ष ज्यूहरू, सि.अ. सँघ अध्यक्ष ज्यूहरू, प्र.अ. ज्यूहरू र स्थानिय समाजसेवी ज्यूहरू तथा पालिका स्तरीय महिला समन्वय समितिका कोषाध्यक्ष श्री बालकुमारी सिग्देल ज्यू लगायतले वितरण गर्नु भएको थियो । श्री सितला प्रा.वि. लोहकिनमा फरक क्षमता तथा दलित विद्यार्थी नरहेको सम्बन्धित विद्यालयका प्र.अ.ले जानकारी गराउनु भएको छ । साथै पञ्चकन्या आ.वि. बोफ्लु र पवित्रा प्रा.वि. मझौका विद्यार्थीहरूलाई भौगोलिक रूपले पायक पर्ने ठाउँ तृतीय भञ्ज्याङमा यस पछि हुने वितरण कार्यक्रममा वितरण गरिने छ ।