समाचार
सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत वितरण गर्न बैँक सँग सम्झौता
सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम आज मिति २०७७ साल पौष १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक बीच बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका र सानिमा बैंक दिप्रुङ शाखा ओख्रेको आपसी समझदारीमा बैंकको कर्मचारी टोली मिति २०७७/०९/१८ गते १, ४, ५ र ७ नम्बर वडा कार्यालय तथा २०७७/०९/ २५ गते ३ र ६ नम्बर वडा कार्यालयमा गई सम्पूर्ण लाभग्राहीहरूको बैंक खाता खोल्ने कार्य रहेको जानकारी गराइन्छ ।