समाचार
२०७७ सालको बडादशैँ तथा शुभ दिपावलीको पावन अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
आज मिति २०७७ कात्तिक १ गते २०७७ सालको बडादशैँ तथा शुभ दिपावलीको पावन अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा गाउँपालिकाद्वारा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ स्थित धिप्लुङ मा.वि. सेम्मा छितापोखरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विनोद राई उत्कृत्ट वि.व्य.स. अध्यक्ष, वडा नं. २ स्थित श्री महेन्द्रोदय मा.वि. ओख्रेका प्रधानाध्यापक श्री केशव कुमार खड्का उत्कृष्ट माध्यमिक तह प्र.अ., वडा नं. ४ स्थित महेन्द्रतारा आ.वि. मुलावारीका प्र.अ. श्री लेखनाथ घिमिरे उत्कृष्ट आधारभूत तह प्र.अ., वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खाका शिक्षक श्री रमेश खड्का उत्कृष्ट पुरुष शिक्षक, वडा नं. ६ स्थित जनसेवा मा.वि. दिहूँ छितापोखरीकी लक्ष्मी बस्नेत उत्कृष्ट महिला शिक्षकमा सम्मानित हुनभएको छ । त्यसैगरी यस गाउँपालिकाद्वारा २०७६ सालमा लिइएको गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी प्रथम हुनु भएको वडा नं. ४ स्थित श्री पञ्चकौशिका मा.वि. भण्डारेघाटका छात्र श्री विवस भुजेल प्रथम, वडा नं. ३ स्थित श्री शान्ति निकेतन मिनाकर्ण मा.वि. सापातेल छोरम्बुकी विर्सना भुजेल द्वितीय, वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खाकी प्रज्ञा घिमिरे तृतीय, वडा नं. ५ स्थित श्री सरस्वती मा.वि. कुलागाउँको महेन्द्र परियारले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । गाउँपालिकाले सग्रीधन राई स्मृति कोषद्वारा प्रतिभावान् तथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत वडा नं. ७ स्थित श्री शान्ति मा.वि. टेम्माबाट २०७६ सालको गाउँपालिका स्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नुभएकी स्प्रिया राई पुरस्कृत गरेको छ । मिति २०७७÷०६÷२९ गते जुम मिटिङ सफ्टवयरको माध्यमबाट “कोरोना भाइरस(कोभिड–१९) ले शिक्षामा पारेको असर र नियन्त्रणमा स्थानीय तहको भूमिका विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय अनलाइन वक्तृत्वकलामा वडा नं. ५ स्थित श्री सरस्वती मा.वि. कुलागाउँकी छात्रा श्री सजिना थापा प्रथम, वडा नं. ४ स्थित श्री पञ्चकौशिका मा.वि. भण्डारेघाटका छात्र श्री सुजन राई द्वितीय, वडा नं. ७ स्थित श्री कृष्ण मा.वि. टेम्माकी छात्रा श्री सिमाना राई तृतीय र वडा नं. १ स्थित श्री महेन्द्रोदय मा.वि. याम्खाकी छात्रा श्री वालकुमारी अधिकारी सान्त्वना स्थान हासिल गरी पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू, वडा नं. १ वडाध्यक्ष श्री सम्शेर बहादुर कार्की ज्यू, वडा नं. ३ वडाध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, वडा नं. ४ वडाध्यक्ष श्री लोकेन्द्र राई ज्यू, वडा नं. वडाध्यक्ष श्री पूर्ण बहादुर खड्का ज्यू लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । अन्तयमा दिप्रुङ चुइचुम्मा गाउँपालिका परिवार २०७७ सालको बडादशैं तथा दिपावलीको उपलक्ष्यमा देश विदेशमा रहनु हुने यस गाउँपालिका नागरिक तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।