समाचार
१७ औ निजामाती सेवा दिवस २०७७ सामाजिक दुरी कायम गर्दै भव्यताका साथ सम्पन्न
स्वच्छ र सक्षम निजामती प्रशासन:समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १७ औ निजामाती सेवा दिवस २०७७ सामाजिक दुरी कायम गर्दै भव्यताका साथ सम्पन्न गरेको छ । सोही दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिकाको स्थापना काल देखी स्वास्थ्य संयोजकको रूपमा कार्यरत श्री मुस्ताक अहमद मन्सुरीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको छ । उहाँले यस अवधिमा गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै यस गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागी कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पु¥याउनु भएको तथा कोभिड-१९ को महामरी र बढ्दो संक्रमण नियन्त्रणका लागी गाउँपालिकाले संचालन गरेका कार्यक्रमहरूलाई सफल बनाउन सकृय रूपमा खटिनु भएकोमा उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले उत्कृष्ट निजामती कर्मचारीको रुपमा सम्मान गरेको हो । भविस्यमा अझ उत्कृष्ट सेवाको अपेक्षा सहित गाउँपालिका परिवार मुस्ताक अहमद मंसुरीको उत्तरोत्तर प्रगतीको कामना गर्दछ । उहाँलाई प्रमुख अतिथि तथा गा.पा. अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, विशेष अतिथी तथा गा.पा. उपाध्यक्ष श्री सपना राई ज्यू र यस कार्यक्रमका सभापती तथा प्रमूख प्रशासकीय अधिकृत श्री भिम प्रसाद दाहालले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।