समाचार
गाउँपालिकाको पहलमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा सुत्केरीको उद्दार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पहलमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा दि.चु.गा.पा ५ को रेनुका बन गिरी लाई मिति २०७७/०४/११ गते उद्दार गरिएको छ । जुम्ल्याहा बच्चा सकुशल जन्मिए पनि सुत्केरी आमाको अत्याधिक रक्तश्रावको कारण ज्यान जोखिममा भएकोले उद्दार गरी काठमाडौँ लगिएको छ । दुबै बच्चाको स्वास्थ्य अवस्था सामन्य रहेको बर्थिङ सेन्टर स.छितापोखरीले जनाएको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्बत गूरुङ ज्यू ,मन्त्रालय परिवार लगायत सबैलाई तत्काल उद्वारकार्यमा पहल र सहयोग गरि दिनु भएकोमा हार्दिक धन्यबाद ।