समाचार
यही मिति २०७५ /०५ /२९ गते राष्ट्रिय बाल दिवसको अबसरमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा "शिक्षा को गुणस्तर उकास्न विद्यार्थीको भूमिका" भन्ने शिर्षकमा भएको वक्तृत्वकला को केही झलकहरु
२०७५/०५/२९ / दिप्रुङ चुईचुम्मा गाउपालिका / बालबालिकाको क्षमता अभिबृदी सङ्गै दिप्रुङ चुईचुम्मा गाउपालिकाको आयोजनामा बाल दिबस को अबसर पारेर गाउपालिका भरिको कक्षा ९ र १० को बिध्यार्थिलाई गाउपालिकाको कार्यलय याङ्सोलाटार मा "शिक्षाको गुणस्तर उकास्न विद्यार्थी को भुमिका" भन्ने शिर्षक मा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो। गाउपालिका भित्र बाट जम्मा ९ वटा मा बि का १८ जना विद्यार्थीहरुकाे सहभागिता रहेको थियाे । लिखित भन्दा मौखिक रुपमा विद्यार्थीहरुले प्रत्यक्ष आफ्नो क्षमता अभिबृदी देखाउन सक्ने भएकोले उत्त कार्यक्रमको आयोजना महिला तथा बालबालिका शाखा संयाेजक ओमसरा राईलेकाे संयाेजकत्वमा भएकाे थियाे । बक्तित्वकला मा प्रथम श्री स.मा.बि. कुलागाउँका समिक्षा राई दित्तिय कृष्ण मा बि टेम्मा को बिज्ञान राई तृतीय महेन्द्र दय माबी ओख्रेका जानुका बिस्ट र सान्त्वना स मा बि डाडाखर्कका सीता भुजेल रहनु भएको छ ।