FAQs Complain Problems

शिविर संचालन हुने सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ स.छितापोखरीस्थित पंचमी बजारमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा मिति २०७६ साल जेष्ठ १७ र १८ गते बृहत नि:शुल्क स्वास्थ्य शिविर( गाइनो, बालरोग, दाँत, फिजिसियन, आँखा र हाडजोर्नी तथा नसा) ,अपाङ्ग परिचय पत्र वितरण तथा जिल्ला प्रशासन कार्यालयको घुम्ती शिविरद्वारा नागरिकता प्रमाणपत्र वितरण र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता कार्यक्रम बृहत रुपमा हुने भएकोले सम्पूर्ण आमा वुवा,दिदी बहिनी,दाजु भाई तथा पालिका बासीहरूमा उपस्थित भइ प्रत्यक्ष लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ |

साथै दि.चु गा पा बाट प्रदान गरिने अपाङ्ग परिचयपत्र र जेष्ठ नागरिक परिचयपत्र लिनको लागि तपशिल बमोजिमको कागजात लिएर उपस्थित हुनको लागि अनुरोध गरिन्छ।

अपांग परिचयपत्रको लागि
१.नागरिक्ताको फोटोकपी 
२. वडाको सिफारिस ( जसमा अपाङ्गता देखिने पुरै फोटो र अटो साइजको प्रमाणित फोटो हुनुपर्नेछ ।)
३) ३ प्रती अटो साइजको फोटो।

जेष्ठ नागरिक परिचयपत्र को लागि
१.नागरिक्ताको फोटोकपी
२.)३ प्रती अटो साइजको फोटो
उमेर ६० बर्ष पूरा भएको।

वडा अध्यक्षहरुको सम्पर्क नं. 
(१) सम्सेर ब कार्की-९८०७७४४०६० (२) भिम ब खत्री -९७४२०४४१२७ (३) इन्द्र ब बस्नेत-९८६२८१४१७७ (४) लोकेन्द्र राई -९८४१६५२३२६ (५) पूर्ण ब खड्का-९८१९७६१८८२ (६) मिलन राई-९८४२९५०७४४ (७) धन ब. थापा मगर -९८६६५४३१९४
आयोजक
दिप्रुङ चुइचुम्मा गाउँपालिका
याङसोलाटार,खोटाङ

आर्थिक वर्ष:

जन प्रतिनिधि