समाचार
वडा विभाजनको लागि मतदान सम्पन्न ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवौ गाउँसभा आज मिति २०७८/०३/२० गते सम्पन्न भएको छ । मिति २०७८/०३/१० गते गाउँसभामा पेश भएको "दिप्रुङ चुइचुम्मा गाउँपालिकामा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८" र "वाल अधिकार संरक्षण तथा सम्बर्द्धन सम्बन्धि विधेयक, २०७८" सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी वडा नं. ७ टेम्मालाई दुईवटा वडामा विभाजन गर्न कार्यपालिका सदस्य तथा वडा नं. ७ का वडासदस्य श्री चन्द्रकला राई र वडा नं. ४ लाई दुई वटा वडामा विभाजन गर्न वडाध्यक्ष श्री लोकेन्द्र राईले मिति २०७८/०३/१० गते सभामा पेश गर्नु भएको प्रस्तावको निर्णयार्थका लागि मतदान हुँदा तपसिल बमोजिमको परिणाम सहित वडा नं. ७ टेम्माको मात्र प्रस्ताव गाउँसभाबाट पारित भएको छ ।
तपसिल:
सभाका जम्मा सदस्य संख्या : ३४
सभामा उपस्थित संख्या : ३४
१) दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्मालाई २ वटा वडामा विभाजन गर्ने प्रस्तावको पक्षमा-३४ विपक्ष : ० तटस्थ : ०
२) दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ बतासेलाई २ वटा वडामा विभाजन गर्ने प्रस्तावको पक्षमा-१५ विपक्ष : १९ तटस्थ : ०