समाचार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैंगिक हिंसा नियन्त्रणमा आमा समूहको भूमिका भन्ने विषयवस्तु भित्र समुहगत कार्यपत्र प्रतियोगितात्मक रूपमा प्रस्तुत गरियो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा "लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र सबैको ऐक्यवद्धता" भन्ने मुल नाराका साथ आज मिति २०७७ मंसिर २४ गते गाउँपालिकामा लैंगिक हिंसा नियन्त्रणमा आमा समूहको भूमिका भन्ने विषयवस्तु भित्र समुहगत कार्यपत्र प्रतियोगितात्मक रूपमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । जसमा गाउँपालिका भरीका आमा समुहहरूमध्ये १७ वटा समूहले प्रतियोगितात्मक कार्यक्रममा सहभागी जनाएका छन् । जसमा प्रथम : सदावहार आमा समूह, दि.चु.गा.पा.-५( नगद पुरस्कार रू ५,०००) , द्वितीय : मिलिजुली आमा समूह दि.चु.गा.पा.-३( नगद पुरस्कार रू ४,०००), तृतीय : नवजागरण आमा समूह, दि.चु.गा.पा.-१ ( नगद पुरस्कार रू ३,०००), सान्त्वना : गुँरासेडाँडा आमा समूह, दि.चु.गा.पा-६( नगद पुरस्कार रू १,५००) भएका छन् । उत्कृष्ट स्थान हासिल गर्नुहुने आमा समूहहरूलाई यस कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू लगायत वडाध्यक्षहरूश्री शम्सेर बहादुर कार्की ज्यू, भिम बहादुर खत्री ज्यू, ईन्द्र बहादुर बस्नेत ज्यू, पुर्ण बहादुर खड्का ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो । साैथै गाउँपालिकाले यसै कार्यक्रमा ३ जनालाई अपाङ्गता परिचय पत्र पनि वितरण गरेको छ । यस अघि ९७ जनाले परिचयपत्र प्राप्त गरिसकेका छन् ।