समाचार
पालिकासँग महिला कार्यक्रम अन्तर्गत वडाका सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम पालिकासँग महिला कार्यक्रमको संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको संयोजकत्वमा सम्मान गरेसँगै समापन
गाउँपालिकाको पालिकासँग महिला कार्यक्रम अन्तर्गत वडाका सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज मिति २०७७/०७/०३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्माका सबैभन्दा जेष्ठ ९१ वर्षिय पुरूष श्री सहरमान विश्वकर्मालाई पालिकासँग महिला कार्यक्रमको संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको संयोजकत्वमा सम्मान गरेसँगै समापन भएको छ । यस अघी तपसिल बमोजिमको व्यक्तीहरू सम्मानित भइसक्नु भएको छ ।
तपसिल :
१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया
२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का
३) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई
४) वडा नं. ४ रातमाटा निवासी ९२ वर्षीय अम्बर बहादुर जोगी र रातापानी निवासी ९० वर्षिय अम्बमाया खड्का
५) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा
६) वडा नं. ६ निवासी ९१ वर्षीय अखटे निवासी विष्णुमाया भुजेल र धिप्लुङ निवासी ९० वर्षीय बुद्धिमान दर्जी
सम्मान स्वरुप गाउँपालिकाले उहाँहरूलाई १ थान सिरक, १ थान डसना, १ थान बेडसिट, १ थान सिरानी, १ बट्टा हर्लिक्स र १ वटा झुल प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक वडाका सबैभन्दा जेष्ठ १ जना पुरुष र १ जना महिलालाई सम्मान गरिने छ । वडा नं. ७ टेम्मामा भोलि मिति २०७७/०७/०३ गते सम्मान गरिने कार्यक्रम रहेको छ।