समाचार
जेष्ठ नागरिक नि:शुल्क यातायातलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रहरी परिचालन
जेष्ठ नागरिक नि:शुल्क यातायातलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रहरी परिचालन गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्थानिय सरकार आए पश्चात यस गाउँपालिकाका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई यस गाउँपालिकाबाट गाईघाट र दिक्तेल सम्मको यात्रमा टिकटको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको छ । यसका लागि प्रत्येक वर्ष गाउँपालिकाले रू २ लाख बजेट विनियोजन गर्दै आएको छ । यात्रामा कहि कतै समस्या परेमा ९८६०४१४६९६ मा सम्पर्क गर्नु होला ।