समाचार
गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा २ वटा १००% बोयर बोका, ७ वटा ५०% बोयर बोका र १७० वटा खरी बाख्रा वितरण
दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा संचालित कार्यक्रमबाट गाउँपालिकाले २ वटा १००% बोयर बोका, ७ वटा ५०% बोयर बोका र १७० वटा खरी बाख्रा आज मिति २०७७ मंसिर ७ गते वितरण गरेको छ । १००% बोयर बोका दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ निवासी रामनिधि आचार्य र वडा नं. २ निवासी शम्भु कार्की त्यस्तै ५०% बोयर बोका वडा नं. १ बाट दिनेश विष्ट, वडा नं. २- अजम्बर राई, वडा नं. ३-मन्दिप बस्नेत, वडा नं. ४-मछिन्द्र राई, वडा नं. ५ -ध्रुव थापा, वडा नं. ६ -नारायण खत्री र वडा नं. ७ बाट कैलाश बुढाथोकीले प्राप्त गर्नु भएको छ । विपन्न तथा सिमान्तकृत महिला अन्तर्गत प्रति व्यक्ती ४ वटाका दरलले वडा नं. १ बाट ५ जना, वडा नं. २-७ जना ,वडा नं. ३-४ जना, वडा नं. ४-८ जना, वडा नं. ५-४, वडा नं. ६-१ जना र वडा नं. ७-१ जना गरी जम्मा ३० जनाले १२० वटा साथै बैदेशिक रोजगारीबाट फर्केका युवा अन्तर्गत प्रति व्यक्ती ५ वटाका दरले वडा नं. १ बाट २ जना, वडा नं. २-२ जना ,वडा नं. ३-२ जना, वडा नं. ४-१ जना, वडा नं. ५-२ र वडा नं. ७-१ जना गरी जम्मा १० जनाले ५० वटा खरी बाख्रा प्राप्त गर्नु भएको छ ।