समाचार
गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा पहिलो दिन २४० जनालाई राहत
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी हुनु भएको महिलाहरूलाई भौचर प्रणाली मार्फत वडा नं. १ याम्खामा जम्मा ६६ जना(अति विपन्न-३० र सुत्केरी महिला-३६), वडा नं. २ डाँडागाउमा जम्मा ५८ जना( अति विपन्न-३० र सुत्केरी महिला-२८), वडा नं. ३ छोरम्बुमा जम्मा ५४ जना ( अति विपन्न-३० र सुत्केरी महिला-२४) र वडा नं. ५ स.छितापोखरीमा जम्मा ६२ जना ( अति विपन्न-३० र सुत्केरी महिला-३२) गरी अति विपन्न -१२० जना, सुत्केरी महिला-१२० जना गरी जम्मा २४० जनालाई आज मिति २०७७ साल मंसिर ५ गते राहत वितरण गरिएको जानकारी गराईन्छ । बाकी बडाहरु टेम्मा, छितापोखरी र बतासेमा भोलि मङ्सिर ६ गते बाडिने छ । राहत स्वरुप चामल-२५ के.जी.,दाल-२ के.जी., सनफ्लावर तेल-१ लिटर, आयोडिन नुन-१ के.जी. र डिटोल साबुन-१ वटा प्रदान गरिएको छ ।
थप जानकारीको लागि
१) https://www.prabhavnews.com/2020/11/22391/?fbclid=IwAR24W87wd3UK8qEqBvH2...
२)https://www.news24nepal.tv/2020/11/20/718553?fbclid=IwAR0OvVKNTOLTMIr2Jz...
३) https://nepalwide.com/news/120426
४)http://rodikkhabar.com/content/960
५)http://www.himalsamachar.com/2020/11/20/4147?fbclid=IwAR27qsERFI2aSx99Yr...
६) https://www.samayojankhabar.com/2020/11/20/26201/
७) https://khotangtoday.com/archives/20849#.X7fVoH0lzlc.facebook