समाचार
गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोभिड-१९ महामारीबाट प्रभावित ४०० घरधुरीलाई राहत वितरण
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी हुनु भएको महिलाहरूलाई भौचर प्रणाली मार्फत वडा नं. ७ टेम्मामा जम्मा ५८ जना(अति विपन्न ३० र सुत्केरी २८), वडा नं. ६ छितापोखरीमा जम्मा ४४ जना ( अति विपन्न ३० जना र सुत्केरी १४) साथै वडा नं. ४ बतासेमा जम्मा ५५ जना(अति विपन्न ३० र सुत्केरी १४) जनालाई आज मिति २०७७ साल मंसिर ६ गते राहत वितरण गरेको छ । यस्तै हिजो २०७७ साल मंसिर ५ गते वडा नं. १ याम्खामा जम्मा ६६ जना(अति विपन्न-३० र सुत्केरी महिला-३६), वडा नं. २ डाँडागाउमा जम्मा ५८ जना( अति विपन्न-३० र सुत्केरी महिला-२८), वडा नं. ३ छोरम्बुमा जम्मा ५४ जना ( अति विपन्न-३० र सुत्केरी महिला-२४) र वडा नं. ५ स.छितापोखरीमा जम्मा ६२ जना ( अति विपन्न-३० र सुत्केरी महिला-३२) लाई राहत वितरण गरिएको थियो । आज याम्खामा छुट १ जना र डाँडागाउमा २ जना गरी ७ वटा वडामा जम्मा ४००( अति विपन्न -२१० जना र सुत्केरी-१९० जना) घरधुरीलाई राहत स्वरुप चामल-२५ के.जी.,दाल-२ के.जी., सनफ्लावर तेल-१ लिटर, आयोडिन नुन-१ के.जी. र डिटोल साबुन-१ वटा प्रदान गरिएको छ ।