समाचार
गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कुटानी पिसानी मिल, धान काट्ने मेसिन र क्रेट वितरण
गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज मिति २०७७ साल मंसिर ८ गते कुटानी पिसानी मिल-३ वटा, धान काट्ने मेसिन-७ वटा र २१ वटा कृषक समुहरूलाई प्रति समुह २५ वटाको दरले जम्मा ५२५ वटा र १० कृषकहरूलाई ७५ वटा क्रेट वितरण गरेको छ । कुटानी पिसानी मिल नरमाया कृषक समूह याम्खा,डाँडागाउ खुतुम्बु निवासी मैया तामाङ र छोरम्बु निवासी रनमया श्रेष्ठ ले प्राप्त गर्नु भएको छ । त्यस्तै धान काट्ने मेसिन याम्खाबाट मौसमी विज बृद्धि कृषक समूह र अजम्बरी कृषक समूह, डाँडागाउबाट सिंहदेवि कृषक समूह, वडा नं. ३ बाट नव प्रभात कृषक समूह, वडा नं. ४ बाट राम्चे हरियाली कृषक समूह, वडा नं. ५ बाट चुचुढुङ्गा कृषक समूह, वडा नं. ७ बाट अन्नपूर्ण कृषक समूहले प्राप्त गरेको छ । कृषि सामाग्री वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू ।