समाचार
गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँ, टोल र बस्तिमा एन्टिजेन परिक्षण सम्पन्न
मिति २०७८/०२/०७ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कोभिड १९ संक्रमण तथा नियन्त्रण कार्यदल बैठकको निर्णय अनुसार मिति २०७८/०२/०९ गते देखि आज १२ गते सम्म गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँ, टोल र बस्तिमा पुगी कोभिड १९ संक्रमण शंकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा तपसिलको परिणाम देखिएको जानकारी गराईन्छ ।
तपसिल :
कोभिड अस्थायी अस्पताल, याम्खा : ३९ जनामा १३ जना पोजेटिभ
स्वास्थ्य चौकी, ओख्रे : १७ जनामा ६ जना पोजेटिभ
स्वास्थ्य चौकी, छोरम्बु : १९ जनामा ७ जना पोजेटिभ
स्वास्थ्य चौकी, बतासे र भुल्के: ३३ जनामा १ जना पोजेटिभ
स्वास्थ्य चौकी, स.छितापोखरी : १८ जनामा १० जना पोजेटिभ
स्वास्थ्य चौकी, छितापोखरी : २२ जनामा १० जना पोजेटिभ
वडा नं. ७, टेम्मा ज्यामिरे : २५ जनामा १२ जना पोजेटिभ
हाल संक्रमित संख्या : ५८
डिस्चार्ज भएको संख्या : १, कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा रहेको संख्या : ३ जना, जम्मा परिक्षण : १७३