समाचार
गाउँपालिकामा विउ बैंक स्थापना गर्न सहकारी संस्थाहरू सँग छलफल
आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार विगत वर्षहरूमा विउहरूको आवश्यकताको महशुस गर्दै यो वर्ष देखी किसानहरूलाई आवश्कता अनुसारको गुणस्तरीय विउ समयमा नै उपलब्ध गराउने, स्थानीय जैविक विविधता संरक्षण गर्ने, विउ माथिको पर निर्भरता हटाउदै किसानहरूको विउ माथिको अधिकार सुनिश्चित गराई खाद्य सम्प्रभुताको उदेश्यले स्थानीय उन्नत जातको विउ विजन जोगाउन कृषि सहकारी संस्था मार्फत विउ विजन बैंक स्थापना गर्नका लागि गाउँपालिका भित्र रहेका ४ वटा सहकारी संस्थालाई आमन्त्रण गरी उहाँहरू सँग भएको छलफल अनुसार एउटा गाउँपालिका स्तरीय कृषि सहकारी संजाल मार्फत २०७७/०७/२० गते विउ बैंक स्थापना गर्ने निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।