समाचार
गाउँपालिकाको सहजिकरणमा कक्षा ११ को वार्षिक परीक्षा संचालन
राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा यस गाउँपालिकाको सहजिकरणमा कक्षा ११ को वार्षिक परीक्षा आज मित २०७७/०७/२३ गतेबाट तपसिल बमोजिमको परीक्षा केन्द्रहरुमा सञ्चालन भएको व्यहोरा जानकारी गराइन्छ । उक्त परीक्षाको अनुगमन गर्नु हुँदै गाउँपालका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, गाउँपालका उपाध्यक्ष श्री सपना राई ज्यू र शिक्षा शाखा संयोजक श्री मणिकुमार गिरी ज्यू । परीक्षा यही २८ गतेसम्म सन्चालन हुनेछ ।
तपसिल :
१. श्री महेन्द्रोदय मा.वि. ओख्रे : जम्मा उपस्थित : ९१ जना मा नियमित तर्फ : ५३ जना (महिला: २५ जना , पुरूष : २८ जना ) आंशिक तर्फ :३४ (महिला: २० जना , पुरूष : १४ जना ) अनुपस्थित : ६ जना
२. श्री कृष्ण मा.वि. टेम्मा : जम्मा उपस्थित : ५१ जना मा नियमित तर्फ : ३८ जना (महिला: १६ जना , पुरूष : २२ जना ) आंशिक तर्फ :१३ (महिला: ७ जना , पुरूष : ६ जना ) अनुपस्थित : ७ जना
३. श्री सरस्वती मा.वि. डाँडाखर्क : जम्मा उपस्थित : ५९ जना मा नियमित तर्फ : ५१ जना (महिला: २५ जना , पुरूष : २६ जना ) आंशिक तर्फ :८ (महिला: ५ जना , पुरूष : ३ जना ) अनुपस्थित : ७ जना
४. श्री शान्ति मा.वि. छोरम्बु : जम्मा उपस्थित : ६५ जना मा नियमित तर्फ : ३८ जना (महिला: १८ जना , पुरूष : २० जना ) आंशिक तर्फ :२७ (महिला: १७ जना , पुरूष : १० जना ) अनुपस्थित : १० जना
५. श्री जनता मा.वि. बतासे : जम्मा उपस्थित : १७ जना मा नियमित तर्फ : १४ जना (महिला: ७ जना , पुरूष : ७ जना ) आंशिक तर्फ : (महिला: ३ जना ) अनुपस्थित : ७ जना