समाचार
कृषि ज्ञान केन्द्र खोटाङले काम सम्पन्न नभई भुक्तानी तथा अन्तिम अनुगमन प्रतिवेदन भन्दा बढी रकम भुक्तानी दिएको
आज २०७७ आश्विन १४ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खामा कृषि ज्ञान केन्द्र खोटाङको आ.व. २०७६/०७७ को बजेटबाट संचालित कृषि व्यवसाय प्रवर्द्वन कार्यक्रम अन्तर्गत नमुना कृषि फर्म स्थापना सहयोग कार्यक्रमको सार्वजनिकीकरण गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा सम्बन्धित वडाका पदाधिकारीहरू, नाहिमा कृषक समुहका सदस्यहरू र कृषि ज्ञान केन्द्र खोटाङको उपस्थितीमा सम्पन्न भई तपसिल बमोजिमको निष्कर्ष सहित कार्यक्रम समापन भएको व्यहोरा जानकारी गराईन्छ ।
१) कृषि ज्ञान केन्द्र खोटाङले काम सम्पन्न नभई भुक्तानी दिएको ।
२) अन्तिम अनुगमन प्रतिवेदन भन्दा बढी रकम भुक्तानी दिएको ।