समाचार
कृषि ज्ञान केन्द्र खोटाङबाट संचालित आ.व. २०७६/०७७ को लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको समितिका अध्यक्ष र सचिवले हिनामिना गरेको रकम असुल उपर गराउँदै गाउँपालिका
आज २०७७ आश्विन १३ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा, २ डाँडागाउ र ३ छोरम्बुमा कृषि ज्ञान केन्द्र खोटाङबाट संचालित आ.व. २०७६/०७७ को लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको पारदर्शिताका सम्बन्धमा गाउँपालिका समक्ष कृषकहरुको गुनासो प्राप्त भएको विषयमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा सम्बन्धित सरोकारवाला कृषक, सुन्तला ब्लक संचालन समितिका पदाधिकारीहरु र कृषि ज्ञान केन्द्रको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट विनियोजित रू ७० लाख( कृषि ज्ञान केन्द्र ३५ लाख र कृषकहरूबाट ३५ लाख) मध्ये यस आ.व. मा कृषि ज्ञान केन्द्रबाट रू २८,०४,०००।- निकासा भएको रकममध्ये रू १२ लाख रूपैया समितिका अध्यक्ष र सचिवले हिनामिना गरेको व्यहोरा स्वीकार गर्दै कृषकले प्राप्त गर्ने सो रकम रू १२ लाख रूपैया आजको मितिले १० दिन भित्र कृषकहरूलाई तिर्ने गरी आजको सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको व्यहोरा जानकारी गराईन्छ ।
विस्तृत जानकारीको लागी
१) https://www.prabhavnews.com/2020/09/21591/?fbclid=IwAR3KHbjfpHzPyrDREwhV...