समाचार
काठमाडौबाट पि.सि. आर. नगरी अनाधिकृत रूपमा ८ जना ब्यक्तिहरु लिएर आएको गाडी गाउँपालिकाले नियन्त्रणमा
आज मिति २०७८/०२/०४ गते काठमाडौबाट पि.सि. आर. नगरी अनाधिकृत रूपमा ८ जना ब्यक्तिहरु लिएर आएको गाडी गाउँपालिकाले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यदलको मिति २०७८/०१/२२ गतेको बैठकले जिल्ला बाहिरबाट यस गाउँपालिका भित्रीने नागरिकहरुले ७२ घन्टा भित्रको पि.सि.आर. नेगेटिभ रिपोर्ट अनिवार्य रूपमा गाउँपालिकामा पेश गर्ने भन्ने निर्णय गरेको थियोे । सो निर्णय विपरीत गाउँपालिकाको सिफारिस बिन आएको गाडिको ब्लु बुक र चावी गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





