समाचार
उप स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती तथा वर्थिङ सेन्टर भवन हस्तान्तरण कार्यक्रम सम्पन्न
आज मिति २०७७ साल पौष ७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ स्थित स.छितापोखरी स्वास्थ्य चौकीको उद्घाटन तथा वर्थिङ सेन्टर भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यस अघि उप-स्वास्थ्य चौकीको रूपमा रहेको स्वास्थ्य चौकीलाई मिति २०७७ साल असोज ६ गते वसेको कार्यपालिका बैठकले उप-स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नती गरेको थियो । स्वास्थ्य चौकीको उद्घाटन यस कार्यक्रमका प्रमुख अतिथि तथा गा.पा. अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले र वर्थिङ सेन्टर भवनको उद्घाटन विशेष अतिथी तथा गा.पा. उपाध्यक्ष श्री सपना राई ज्यूले गर्नु भएको थियो । वर्थिङ सेन्टर भवन मर्मतका लागि गाउँपालिका र वान हर्ट वल्ड-वाइडले सयुक्त रूपमा आर्थिक सहयोग गरेको थियो । उक्त स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भने २०७५ साल देखि नै सन्चालनमा रहेको छ ।