Submitted on: Wed, 05/26/2021 - 19:40
मिति २०७८/०२/०७ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कोभिड १९ संक्रमण तथा नियन्त्रण कार्यदल बैठकको निर्णय अनुसार मिति २०७८/०२/०९ गते देखि आज १२ गते सम्म गाउँपालिका अध्यक्ष ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँ, टोल र बस्तिमा पुगी कोभिड १९ संक्रमण शंकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा तपसिलको परिणाम देखिएको जानकारी गराईन्छ ।
तपसिल :
कोभिड अस्थायी अस्पताल, याम्खा : ३९ जनामा १३ जना पोजेटिभ
स्वास्थ्य चौकी, ओख्रे : १७ जनामा ६ जना पोजेटिभ
स्वास्थ्य चौकी, छोरम्बु : १९ जनामा ७ जना पोजेटिभ
Submitted on: Wed, 05/26/2021 - 11:11
मिति २०७८/०२/१२ गते बिहान १०:५० को अपडेट :
अस्थायी कोभिड अस्पतालमा गरिएको कोभिड-१९ एन्टिजेन परिक्षणमा १ जना कोभिड-१९ संक्रमीत थपिदै आज ४८ जना पुगेको छ । जम्मा परिक्षण १४८, डिस्चार्ज : १ जना
Submitted on: Tue, 05/25/2021 - 20:02
आज मिति २०७८/०२/११ गते तेस्रो दिन दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू सहितको स्वास्थ्य कर्मचारी टोलीले गाउँ, टोल र बस्तिमा पुगी कोभिड १९ संक्रमण शंकास्पद व्यक्तिहरूमा गरिएको कोभिड १९ एन्टिजेन परीक्षणमा छोरम्बु १९ जना मध्ये ७ जना पोजेटिभ र बतासे २६ जनामा २६ जना कै नेगेटिभ रिपोर्ट आएको छ ।
Submitted on: Tue, 05/25/2021 - 10:52
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पहिलो कोभिड-१९ संक्रमित व्यक्ति तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा निवासी श्री सर्गम राई दोस्रो भेरियन्टको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण मुक्त भई आज मिति २०७८/०२/११ गते अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । यहि जेष्ट ५ गते गरिएको कोभिड १९ एन्टीजेन परिक्षणमा उहाँलाई कोभिड-१९ पोजेटिभ देखिई सोहि दिन देखि अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । कोरोना भाइरस(कोभिड-१९) लाई परास्त गर्न सफल हुनु भएकोमा सर्गम राईलाई हार्दिक बधाई ।
Pages